दाङका सीमामा सुरक्षा पुर्वाधारमा ध्यान दिनुपर्छ : प्रजिअ रिजाल

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द  रिजालले जिल्लाको सीमा क्षेत्रमा शुरक्षा व्यवस्था सन्तोष अवस्थामा रहेको बताएका छन् । उनले नेपाल भारत सीमामा पर्ने खङ्ग्रा नाका, डगमारा, सुनपथरी, भेसाही लगाएत जिल्लाका १२ वटा नाकामा शुरक्षा अवस्था सन्तोषजनक रहेको र सीमा वारपार आवागमन नदेखिएको जनाएका छन् ।  आफ्नो फेसवुकवालमा प्रजिअ रिजालले लकडाउन पछि नौ वटा नाकामा सशस्त्र प्रहरीवलको उपस्थितीले शुरक्षा अवस्था सुदृढ रहेको र शुरक्षाकर्मी प्रति आम नागरिकको विश्वास एवं भरोसा बढेको पाइएको पनि उल्लेख गरेका छन् ।

उनले सीमा नाकामा निर्माण गरिएका भवन लगायतका पुर्वाधारमा चाहि सरकारले विषेश ध्यान दिनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।  नेपाल र भारतवीच दाङको दक्षिणी भेगमा सीमा विवाद पनि रहदै आएको अवस्थामा सुरक्षा निकायको उपस्थितीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रजिअ रिजाल सहितको सुरक्षा टोलिले आज सीमा क्षेत्रको निरिक्षण गरेको हो । 

प्रतिकृया दिनुहोस