भीड हटाउन खोज्दा नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप, स्थिती नियन्त्रणमा

नेपालगन्जको त्रिवेणी मोड नजिक स्थानीय र प्रहरीबीच झडप भएकोछ । स्थानीयले वडा प्रहरी कार्यालयको बा १ झ ८२८४ नम्बरको पीकअप गाडी तोडफोड गरेकाछन् । गाडीको सीसा, झ्याल लगायतमा क्षति पुगेकोछ । लकडाउनकाबीच लागेको भीड हटाउन खोज्दा प्रहरी र स्थानीयबीच विवाद बढेपछि उत्पन्न परिस्थितीका कारण प्रहरी र स्थानीयबीच झडप भएको हो । आक्रोसित स्थानीयलाई साम्य गराँउदा उनीहरले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा प्रहरी परिचालन गरि भीड नियन्त्रणमा लिने काम गरेकोछ । यतिबेला बन्दोबस्तका साथ ठूलो मात्रामा प्रहरी परिचालन गरिएकोछ ।  स्थानीय र केही प्रहरी घाईते समेत भएको बुझिएको छ । बाँके प्रशासनले नेपालगन्जमा निशेधाज्ञा लागु गरेकै दिन स्थानीयले निशेधाज्ञा उल्लंङघन गर्दै आन्दोलनमा उत्रिएका हुन् ।  आज (मंगलबार मात्रै) नेपालगन्जमा थप ७ जनामा कोरोना पोजेटिभ पाइएकोछ । यो सगै नेपालगन्जमा कोरोना संक्रमित संख्या २३ पुगेकोछ ।

प्रतिकृया दिनुहोस