रोल्पामा क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु , मृत्युको कारण दम रोग हुनसक्ने आशंका

रोल्पामा क्वारेन्टाइनमा बसेका एक ६२ बर्षीय पुरुषको मृत्यु भएको छ । माडी गाउँपालिका वडा नं। २ निवासी उनको सोमबार राति ११ बजेतिर मृत्यु भएको जिल्ला कोरोना फोकल पर्सन रामबहादुर केसीले जानकारी दिएका छन् । रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका केसीले मृतकको स्वाव परीक्षणको लागि दाङ पठाइएको जानकारी दिए । मृतकको स्वाव मंगलबार संकलन गरेर पठाइएको हुँदा बुधबारसम्म रिपोर्ट आइपुग्ने सक्ने केसीले बताए । मृतक बैशाख १२ गते छोरासँगै काठमाडौंबाट रोल्पा आएका थिए । त्यसैले बाबु छोरालाई नै क्वारेन्टाइनमा राखिएको थियो ।
मृतक दमका रोगी भएको हुँदा उपचार गराउनका लागि काठमाडौंको इट्टा भट्टामा काम गर्ने छोरा कहाँ पुगेका थिए । वीर अस्पतालमा उपचार गराएपछि उनीहरु रोल्पास्थित घर फर्किएका थिए । सहायक प्रजिअ केसीले मृतकलाई यसअिघ टिबी रोग भएको तथा पछिल्लो समय दमबाट ग्रसित भएको हुँदा उनको मृत्युको कारण दम नै हुनसक्ने अनुमान गरे ।
 

प्रतिकृया दिनुहोस