लकडाउन : कर्मचारीलाई सार्वजनिक बिदासरह सुबिधा, खाइपाई आएको तलबभत्ता पाउने व्यवस्था

सरकारले लकडाउनको समयलाई सार्वजनिक बिदासरह मान्ने भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार गत चैत ९ गते र त्यसपछिका मितिमा जारी भएका आदेश अनुरुप यो अवधिलाई सार्वजनिक विदासरह मानेर सो अवधिमा श्रमिकले खाइपाई आएको तलब भत्ता पाउने व्यवस्था गरेको हो ।  

यो व्यवस्था कार्यान्वयनमा आएसँगै लकडाउनको समयमा पनि कार्यालयमा उपस्थित भएर काम गर्नुपर्ने कर्मचारीलाई सार्बजनिक बिदा सरह नै अतिरिक्त सेवा सुविधा उपलब्ध गराइनेछ ।  गत बैशाख २ गते सरकारले यस्तो निर्णय गरेको थियो । सोमबार राजपत्रमा प्रकाशित भएपछि यो लागु भएको छ ।

प्रतिकृया दिनुहोस