दाङ्को शान्तिनगरमा रतुवा शिकारि पक्राउ परे

दाङ्को शान्तिनगर गाँउपालिका वडा नं. २ अमुवाका पाँचजनालाई बन्यजन्तु रतुवाको शिकार गरि भाडबन्डा गर्दै गर्दा सोमबार दिउँसो डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले पक्राउ गरेको छ ।  रतुवाको सिकार गरि मासु खान भनि भागवण्डा गरिरहेकाहरुलाई पक्राउ गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । रतुवाको मासु भागवन्डा गरिरहेका ५ जनालाई मासुसहित पक्राउ गरि आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा लगिएको निमित्त डिभिजनल वन अधिकृत धरणिधर चौधरीले बताएका छन् । 

वन क्षेत्र नजिकैको खोल्सामा रतुवा देखेपछि त्यहाँ वरपरका स्थानियहरु जम्मा भएर खुर्पा, ढुङ्गा, गुलेली प्रयोग गरी मारेको भन्ने खुल्न आएको चौधरीले जानकारी दिएका छन् पक्राउ पर्नेहरुमा शान्तिनगर गाँउपालिका वडा नं. २ अम्मुवाका रामबहादुर नेपाली, कलबहादुर भण्डारी, दिलबहादुर दमाई, तुलसीराम वली, ओपेन्द्रबहादुर भण्डारी रहेका छन् । घटनाका विषमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस