चट्याङ लागेर दाङमा ३ जनाको मृत्यु

चट्याङ लागेर दाङमा ३ जनाको मृत्यु भएको छ । आज शनिबार दिउँसो १ बजे तिर परेको चट्याङले तुलसीपुर उपमहानपालिका ७ नवलपुरमा २ र घोराही उपमहाँनगरपालिका ९ हापुरमा १ जनाको मृत्यु भएको हो । नवलपुरमा गीता चौधरीको घरमा चट्याङले हान्दा २ जनाको र हापुरमा सूर्यबहादुर पुरीको घरमा एकजना गरी ३ जनाको मृत्यु भएको दाङका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभयो । 
चट्याङले लागेर गम्भीर घाइते भएकी चौधरीकी ७ वर्षीया छोरी सृष्टि चौधरी र त्यही बस्ने ५४ वर्षीय लक्ष्मी आचार्यको राप्ती लाइफ केयर अस्पतालमा उपचारको क्रममा अपरान्ह् ३ बजेतिर मृत्यु भएको हो । 
घोराही उपमहाँनगरपालिका ९ हापुर स्थीत घरको आँगनमा खेलिरहेका ८ वर्षीय ताराबहादुर देवपुरीलाई आज शनिबार दिउँसो साँढे १ बजेतिर चट्याङले हानेको बुवा सूर्यबहादुर पुरीले जानकारी दिनुभयो । ताराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस