महोत्सवको तयारी पुरा

तुलसीपुरमा सञ्चालन गर्न लागिएको महोत्सवको भोली बिहीबार उद्घाटन गरिदैछ । भोली बिहीबारदेखि माघ २० गते सम्म सञ्चालन हुने महोत्सवको तयारीका बारेमा जानकारी दिन आज बुधबार कार्यक्रम स्थलमा पत्रकार सम्मेलन गरिएको हो ।
५ सय वटा स्टल राखिएको छ भने,मनोरञ्जनका लागि बाल उद्यान, मौतकुवा, चरखे पङिग, सांस्कृतिक कार्यक्रम, खेलकुद,बिभिन्न बिषयमा अन्तरक्रिया कार्यक्रम गरिने मुल आयोजक समितिका संयोजक एबम तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरुले जानकारी दिनुभयो । उहाले भन्नुभयो,भोली बिहान १० बजे शोभा यात्रा हुने छ भने महोत्वसको पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुहुने छ ।
तुलसीपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब एबम पत्रकार सुशील बस्नेतको प्रमुख आतिथ्य तथा संघका पुर्ब अध्यक्ष बिमल रिजालको बिशिष्ठ आतिथ्यमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख अतिथी बस्नेतले महोत्वसको लक्ष्य र उदेश्य टरीगाँउ एरपोर्टको स्तरउन्नोति, आर्थिक सम्बृद्धि र मनोरञ्जन सँग जोडिएका हुदा यसलाई ब्यबस्थीत र प्रभाबकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
तुलसीपुर उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष बिमल रिजालले महोत्सवमा ५ सय वटा स्टल रहेकामा सवै बुक भईसकेको जानकारी दिनुभयो । उहाँले १० वटा स्टल कृषि प्रर्दशनीका लागि ब्यस्थापन गरीएको जानकारी दिनुभयो । ५ वटा स्टल स्वास्थ्य शिबिर,शैक्षिक ज्ञान र परामर्शका लागि स्टल लगायत सञ्चालन गरिने उहाले बताउनुभयो । साथै बिभिन्न बिषयमा दैनिक अन्तरक्रिया कार्यक्रम गरिने रिजालले बताउनुभयो ।
महोत्सवमा आउने दर्शकहरुका लागि आउन र घर फर्कनलाई समेत बिशेष प्राथमिकतामा राखिएको मुल आयोजक समितिका संयोजक रावतले जानकारी दिनुभयो ।
कृष्णमन्दीर, पुकार पसल,लाहुरेचौर,विजौरी सम्म चढ्ने र ओर्ले १० रुपैया मात्र भाडा लाग्ने छ भने तुलसीपुरमा महोत्सव स्थल हात्तिखौवा सम्म यातायात सेवा लक्षित गरिएको छ । 
त्यसका लागी तुलसीपुरको दक्षिण क्षेत्र पुकार पसलदेखि महोत्सव स्थल, उत्तर लाहुरेचौर देखि महोत्सव स्थल, पश्चिम कृष्णमन्दीर देखि महोत्सवस्थल र पुर्वमा विजौरीदेखि महोत्सवस्थल सम्म नगरबसहरु सन्चालन गरीने छ । कार्यक्रमको सहजीकरण सञ्चार संयोजक शरद रेग्मीले गर्नुभएको थियो ।।
उता,दाङ चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १० देखि २२ गते सम्म घोराहीमा आयोजना गर्न थालिएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’को तयारी पुरा भएको छ ।
महोत्सवको अवसरमा लोकदोहोरी गित प्रतियोगिता आयोजना गरिने भएको छ । 
प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार रुपैयाँ, द्धितिय हुनेलाई १५ हजार र तृतियलाई १० हजार पुरस्कार राषि व्यवस्था गरिएको छ । प्रतियोगितामा एक समुहमा एक पुरुष र एक महिला मात्रै रहने व्यवस्था गरिएको छ ।
 

प्रतिकृया दिनुहोस