महोत्सवको रौनक तुलसीपुर र घोराहीमा

माघ १० गतेदेखि २० गते सम्म तुलसीपुरमा सञ्चालन गर्न लागिएको महोत्सवको तयारी तिव्र पारिएको छ । बिभिन्न स्थानमा स्वागतद्धार,मञ्च ब्यबस्थापन, मनोरञ्जन स्थल,दर्शक बस्ने स्थल,स्टल,कलाकारहरुसँगको सम्र्पक लगायत महत्वपूर्ण बिषयमा तयारी तिब्र पारीएको मुल आयोजक समिति तुलसीपुर उद्योग बाणिज्य संघले जनाएको छ ।
त्यस्तै दर्शकहरुलाई महोत्सव सम्म आउन र घर फर्कनलाई समेत बिशेष प्राथमिकतामा राखिएको मुल आयोजक समितिका संयोजक बिरबहादुर रावत बिरुले जानकारी दिनुभयो ।
यातायात उपसमितिका अनुसार कृष्णमन्दीर,पुकार पसल,लाहुरेचौर,विजौरी सम्म चढेझरे १० रुपैयामा मात्र भाडा निर्धारण गरिएको छ ।
तुलसीपुरमा महोत्सव स्थल हात्तिखौवा सम्म यातायात सेवा लक्षित गरिएको छ । त्यसका लागी तुलसीपुरको दक्षिण क्षेत्र पुकार पसलदेखि महोत्सव स्थल, उत्तर लाहुरेचौर देखि महोत्सव स्थल, पश्चिम कृष्णमन्दीर देखि महोत्सवस्थल र पुर्वमा विजौरीदेखि महोत्सवस्थल सम्म नगरबसहरु सन्चालन गरीने उपसमिति संयोजक सुरेश हमालले जानकारी दिनुभयो ।
उता,दाङ चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १० देखि २२ गते सम्म घोराहीमा आयोजना गर्न थालिएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ सफल बनाउन सचिवालय, प्रचारप्रसार समिति र सुरक्षा उपसमिति गठन गरिएको छ ।
महोत्सवको अवसरमा लोकदोहोरी गित प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार रुपैयाँ, द्धितिय हुनेलाई १५ हजार र तृतियलाई १० हजार पुरस्कार राषि व्यवस्था गरिएको छ । प्रतियोगितामा एक समुहमा एक पुरुष र एक महिला मात्रै रहने व्यवस्था गरिएको छ ।
महोत्सव मूल आयोजक समितिले महोत्सव सफल वडा नं १४ र १५ का टोल विकास समिति प्रतिनिधहरुसँग छलफल गरेको छ ।
महोत्सवलाई मिडियामैत्री बनाउन र सञ्चारकर्मीहरुलाई सहज ढंगले रिपोर्टिङ गर्न सजिलो होस् भनेर सञ्चारगृहको परिचयपत्रकै आधारमा प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस