बालबिबाह र बाल श्रम विरुद्ध नाट्क

नाटकको माध्यमबाट बाल बिबाह र बाल श्रम विरुद्ध तुलसीपुरमा अभियान चलाएको छ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाकोआयोजना तथा युनिसेफ नेपालको सहयोग एव सम्बन्धित वडा कार्यालयको समन्वयमा बाल बिबाह तथा बाल श्रम बिरुद्ध कचहरी नाट सन्चालन गरिएको हो । यो अभियान बालबालिकाहरुको उज्योल भबिस्य तथा समुन्नत समाज निर्माणका लागि टेवा पुग्ने बिश्वास गरिएको छ । उपमहानगरपाााालिकाका सबै वडामाा यो अभियान पुग्ने र त्यसका लागि प्रत्यक वडामा बिद्यालय केन्द्रीत अभियान सन्चालन गरिएको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकाश   शाखाकी माया श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुुसार केही दिन अघि शुरु गरिएको यो अभियान अन्तर्गत अहिले सम्म ६ वटा वडामा नाटक प्रदर्शन भैसकेका छन् । तुलसीपुर वडा नम्बर २,३,४,१०, ११ र १३ मा यो अभियान अनतर्गतको नातक प्रदर्शन गरिसकिएको छ । अभियान अन्तर्गत आज सोमबाार  तुलसीपुर ११ को अमर माबि उरहरी र १३ को अम्बेश्वरी माबि अम्बापुरमा कार्यक्रम सम्पन्न भएका हुन् । तुलसीपुर ११ नम्बरका वडा सदस्य सुबास डिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले नाटकको माध्यमबाट बाल बिबाह र बाल श्रम बिरुद्ध जनचेतना फैलाउन सन्चालन गरिएको बिद्यालय केन्द्रीत यो अभियानले बाल अधिकारको संरक्षणसंगै समुन्नत समाज निर्माणमा महत्त्वपूर्ण भुमिका निर्बाह हुनेे चर्चा गरेका थिए । कार्यक्रममा अमर माबि उरहरीका प्रधानाध्यापक पदम प्रसाद न्यौपाने, तुलसीपुर १३ नम्बर वडा सदस्य कमला केसी लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका महिला तथा बालबालिका बिकाश शाखाकि माया श्रेष्ठले गर्नुभएको थियो । नाटकमा बाल बिबाह र बाल श्रमका कारण समाजमा हुने नकारात्मक घटना र असरका बारेमा जनचेतनामुलक सामाग्री प्रदर्शन गरिएको थियो ।

प्रतिकृया दिनुहोस