शान्तिनगरमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम

शान्तिनगर गाँउपालिकामा ६ दिने सामुदायिक मेलमिलाप सम्बन्धि आधारभूत तालिम दिएको छ । शान्तिनगरगाँउपालिका तथा डिएफआईडिको आर्थिक सहयोग र भिएसओ र ईन्टनरनेशनल अलटसँगको साझेदारिमा माहुरी होमले सामुदायिक मेलमिलाप सम्बन्धि आधारभूत तालिम सञ्चालन गरेको हो । कार्तिक २६ गतेदेखि मंसिर १ गते सम्म सञ्चालन गरिएको उक्त तालिमले मुलुकी संहिता र स्थानिय तहमा न्यायीक समिति लाई टेवापुग्ने छ । तालिममा प्रत्येक वडामा चार चार जना र वडा अध्यक्षहरुको समेत गरि ३७ जनाको सहभागिता थियो । गाँउपालिकाका उपाध्यक्ष एंव न्यायिक समितिका संयोजक मिथिला शाहको अध्यक्षतामा शुरु भएको तालिममा गाँउपालिका अध्यक्ष कमानसिंह डाँगी,वडा नम्वर ३ का अध्यक्ष बुद्धिराम तिवारी,वडा नम्वर ४ का धनबहादुर केसी र वडा नम्वर ७ का अध्यक्ष पिमलाल वली,प्रमुख प्रशासकिय अधिकृत निमबहादुर केसी,सहभागिहरु लक्ष्मी भण्डारी र कमानसिंह बोहराले मेलमिलाप सम्बन्धि आधारभूत तालिमले बिबाद ब्यबस्थापनमा मद्धत पुग्ने बताउनुभयो । तालिमको प्रशिक्षकमा अर्जुन अधिकारी र यादव खनाल,स्वागत मन्तब्य माहुरी होमका प्रतिनिधि कल्पना खड्का तथा सञ्चालन बिना गिरी खड्काले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस