दिदी घरका बालबालिकालाई आर्थिक सहयोग

विपन्न तथा अनाथ १० जना बालबालिकाहरुलाई तुलसीपुरमा सहयोग गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५का अध्यक्ष विरेन्द्रकुमार शाहको अगुवाईमा तुलसीपुर–६ मा रहेका ‘दीदी घर’मा आश्रय लिएका १० जना बालबालिकाहरुलाई तीन महिनालाई पुग्ने खाद्यान्न र दिउँसोको खाजा सहयोग भएको दिदी घरकी सञ्चालिका स्यानी चौधरीले जानकारी दिनुभयो । चामल, दाल, तेल, नुन, चाउचाउ, बिस्कुटल गायतका खाद्यान्न हस्तान्तरण गरेको छ । बालबालिकाहरुलाई खाना समस्या भएको अवस्थामा वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्रकुमार शाह,होम प्रकाश गौतम, बेगेन्द्र शाह, शम्भु गिरी, खिमबहादुर वली,सुरेश श्रेष्ठ, मेघराज रेउले,गोपाल केसी, अभियान बस्नेत लगायतले सहयोग गर्नुभएको उक्त संस्थाले जनाएको छ । दिदी घरमा ३ वर्षदेखि ९ वर्षसम्मका बालबालिका छन् । ती वालबालिकाहरुलाई ३ वर्षदेखि संरक्षण र पालनपोषण गर्दै आएको सञ्चालिका चौधरीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस