२२ जनाको राजिनामा पत्रमा हस्ताक्षर तर लिखित रुपमा प्राप्त भएन् ः प्रतिष्ठान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका चिकित्सक र कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन् । सामूहिक राजिनमाका सम्बन्धमा लिखित जानकारी प्राप्त भई नसकेको प्रतिष्ठानले जनाएको छ । उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले आफूहरुलाई बिभिन्न बाहनामा स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने, धम्की दिने लगायतका काम गरेको आरोप लगाउँदै सामूहिक राजीनामा दिएको चिकित्सक तथा कर्मचारीहरुले बताएका छन्  । राजीनामा दिएकाहरुको सूचीमा २५ जनाको नाम लेखिए पनि हस्ताक्षर भने २२ जनाको मात्र छ । लामो समयदेखि विवाद हुँदा प्रतिष्ठानले गति लिन सकेको छैन । 
यसैबिच,प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले चिकित्सक र कर्मचारीले दिएको सामूहिक राजिनमाका सम्बन्धमा लिखित जानकारी प्राप्त भई नसकेको बताउनुभएको छ । आज शुक्रबार रजिष्ट्रार प्याकुरेलले बिज्ञप्ती जारि गरि प्रतिष्ठानको अस्पतालमा नियमिति बहिरंग सेवा लगायतका सेवाहरु सूचारु रहेको जानकारी दिनुभएको छ । साथै प्रतिष्ठानकाका चिकित्सकहरुद्धारा सामुहिक राजिनामा शीर्षकमा बिभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार प्रति प्रष्ठिानको ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस