सामान्य उपचारका लागि पनि सीमापार जानुपर्छ ः भौवानाकाबासी

कुनैपनि विरामीले उपचार नपाएर अकाल मै ज्यान गुमाउनु नपर्ने गरि स्वास्थ्य क्षेत्रमा सुधार गरिएको सरकारले दावी गर्दै आएपनि दाङको राजपुरबासीले स्वास्थ्य उपचारका लागि भारतको सीमावर्ती क्षेत्रको सहारा लिनुपर्ने बाध्यता छ । 
राजपुर गाउँपालिकाका भौवा–नाका क्षेत्रका नागरिकहरु गाउँपालिका सम्म आउन भारतको बाटो हुदै घण्टौ हिडेर आउनु पर्ने बाध्यता छ । नजिकमा गतिलो स्वास्थ्यकेन्द्र नहुदा उपचारको लागि पनि भारतको सीमावर्ती क्षेत्रका स्वास्थ्य केन्द्रको सहारा अझै हट्न सकेको छैन । सर्पले डस्दा समयमै उपचार गर्न नपाउदा भारतीय नाका क्षेत्रका दुई जना बालिकाको मृत्यु भएको छ । उपचार गराउन स्वास्थ्य संस्थासम्म लैजान ढिलो भएका कारण दाङको राजपुर गाउँपालिका ६ भौवा–नाका निवासी शेर बहादुर सार्कीका अन्दाजी ११ बर्षीया करिष्मा सार्की र ८ बर्षीया सुजु सार्कीको सर्पले डस्दा समय मै उपचार नपाउँदा मृत्यु भएको छ ।
सडकको पहँच नेपाल तर्फ नहुदा नाका क्षेत्रमा नेपालीबासिन्दा भारतको सिमावर्ती क्षेत्रका बजारमा जान बाध्य छन् । भारतका सीमावर्ती बजारमा जान उनीहरुलाई २÷३ घण्टा पैदल हिडेर पुग्छन् । तर दाङको भौवा नाकाका बासीलाई जिल्लाकै लमही गढवा,कोईलाबास जान त्यो भन्दा कयौ बढी समय लाग्ने भौवा नाकाबासी अनमोल योगीले बताउनुभयो । विरामी बालबालिका,जेष्ठ नागरिक÷सुत्केरीहरुलाई उपचारको लागी भारत तर्फ लैजादा बाटोमै अकाल मै मृत्यु हुने गरेको योगीको भनाई   छ ।
साईकलमा राखेर बिरामीलाई भारतीय नाका पु¥याउन बाध्य भौवा नाकाबासीले साइकललाई एम्बुलेन्स भन्ने गरेको  राजपुर गाउपालिका वडा नम्बर ३ गुरुङ खोलाकी हिमा खड्काले बताउनुभयो । हिमाले भन्नुहुन्छ,४ घण्टा हिडेर बेला स्वास्थ्य चौकी आए । ८ दिने शिशुलाई काखमा च्यापी पैदल स्वास्थ्यचौकीमा आएकी हिमालाई एक हप्ता त्यहि बसेर उपचार गर्नुपर्ने सल्लाह स्वास्थ्यकर्मीले दिएका  छन् ।  स्वास्थ्य कर्मीको सल्लाह अनुसार पैसा अभावका कारण अन्य ठाउ स्वास्थ्य संस्थामा लैजान सक्ने अबस्था नभएका कारण एक हप्ता सम्म कोठा लिएर बस्नु पर्ने बाध्यता भएको उहाले बताउनुभयो । राजपुर गाउपालिका भित्रका ३ वटा वडा कार्य क्षेत्र रहेको स्वास्थ्य चौकी राजपुर बेलाका हेल्थ सहायक संचिन्द्र कुमार यादवले केही सामान्य र रोकथामको लागी मात्र उपचार गरिने जानकारी दिनुभयो । दक्ष जनशक्ति,प्रयाप्त औषधि,औजार,आबश्यक पूर्बाधारको अभाव कारण उपचारमा समस्या भएको यादवले बताउनुभयो । ईमेरजेन्सी विरामीहरु स्वास्थ्य चौकीमा आए थप उपचारका लागि पठाईदिनु बाध्यता छ,उहाले भन्नुभयो ।उक्त गाउँपालिकाले भने स्वास्थ्य क्षेत्रको बिकासमा सुधार भई रहेको दावी गरेको छ ।
गाउँपालिका भित्र १४ वटा स्वास्थ्य ईकाइहरु स्थापना गरी सेवा दिदै आएको गाँउपालिकाले बताएको छ । प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीका अनुसार प्रत्येक वडाहरुमा नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नको लागी वडा नम्बर ७ मा मात्र ४ वटा र अन्य वडाहरुमा एक÷एक वटा स्वास्थ्य ईकाइहरु स्थापना गरिएका छन् ।बेला र राजपुर स्वास्थ्य चौकीहरुमा गत बर्ष देखी ल्याव सेवा र गन्गी हेल्थ पोस्टमा एम.विविएस डाक्टर सहितको सेवा दिदै आएको समेत गाउँपालिकाले जनाएको छ । दाङका १० स्थानियतह मध्य सबै भन्दा बढि स्वास्थ्य संस्था स्थापना गर्ने राजपुर गाउँपालिका भएको गाउँपालिकाकी उपाध्यक्ष धनपतिदेबी यादवले बताउनुभयो । गाउँपालिका विकट भएका कारण नागरिकहरुले सजिलैसंग सेवा सुविधा नपाएको उहाँले बताउनुभयो । 
राजपुर गाउँपालिकामा १५ सैयाको अस्पताल बनाउने भन्ने योजना भएतापनि केन्द्र र प्रदेश सरकारले सहयोग गर्नु पर्ने उहाँको भनाई छ । 

प्रतिकृया दिनुहोस