सेनाको पीडा झल्किने दशैं गीत

काठमाडौंः गायक विशाल निरौलाले दशैं गीत सार्वजनिक गरेका छन्। नजिकिँदै गरेको दशैंको अवसरमा उनले ‘ज्यान यो परदेशी भयो, मन यो गाउँबेसी’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन्।

गायक निरौलाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा काम विशेषले परदेशिन बाध्य भएका सेनाको पीडा झल्किन्छ। चाडपर्वका बेला परदेशमा रहेकालाई गाउँघर र परिवारको सम्झनालाई भिडियोमा उतार्ने प्रयास गरेको भिडियो निर्देशक प्रशान्त पौडेलले बताए।

भिडियोमा कलाकार रश्मी भट्ट, गायक निरौलासँगै विमल अधिकारी, ओवी रायमाझी, मधु आचार्य, जुना गुरुङ, विजय अर्याल, वेवो आचार्य लगायत फिचर्ड छन्। भिडियोमा दुर्गा पौडेलको छायाँकन रहेको छ।

 

प्रतिकृया दिनुहोस