लेखापढी कानुन ब्यबसायीहरुले संहिताका बारेमा जानकारी लिदै

लेखापढी कानुन ब्यबसायीहरुले तुलसीपुरमा देवानी र फौजदारी संहिताका बिषयमा जानकारी लिन शुरु गरेका छन् । मुलुकी दवानी संहिता २०७४, मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४, फौजदार कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) संहिता २०७४, मुलुकी देवानी कार्यबिधि संहिता २०७४ का सम्बन्धमा उनीहरुले जानकारी लिन शुरु गरेका हुन । लेखापढी कानुन ब्यबसायी ईकाई तुलसीपुरले आज शुक्रबारदेखि शुरु गरेको २ दिने अभिमुखिकरण कार्यक्रममा उच्च अदालत तुलसीपुरका न्यायधिश ईश्वरराज आचार्यले लेखापढी कानुन ब्यबसायीहरुले मालपोत र नापी लगायतका कार्यालयमा लेखेका प्रमाणबाट पनि न्याय सम्पादनमा महत्वपुर्ण भूमिका हुने बताउनुभयो । 
प्रत्येक डकुमेन्ट्स अदालतमा प्रस्ततु हुन्छन्,कस्तो अफ्टयारो दावी आउछ,वर्गमिटरमा लेखिनुपर्ने क्षेत्रफल धुरमा लेखिदिदा न्याय सम्पादन समेत त्रुटि हुन्छ ।
लेखाईको सानो त्रुटिले पीडितले न्याय नपाउने अबस्था सृजना हुने न्यायधिस आचार्यको भनाई छ । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले लेखापढी कानुन ब्यबसायि र नागरिक बीच सम्बन्ध अत्यन्त निकट हुने भएकाले ऐन,कानुन,कार्यबिधिका बारेमा जानकारी भए सेवा थप प्रभाबकारी हुने बताउनुभयो । सानो त्रुटिले सेवाग्राहीले दुख पाउने भएकाले यस्ता बिषयमा बिशेष अध्ययन हुनुपर्ने र त्यसका लागि लेखापढी कानुन ब्यबसायीहरुले कानुनकै बिषयमा अभिमुखिकरणमा भाग लिएकाले खुसी ब्यक्त गर्नुभयो । लेखापढी कानुन ब्यबसायी ईकाई कमिटि तुलसीपुरका अध्यक्ष हिरालाल पौड्ेलको अध्यक्षतामा आज शुक्रबारदेखि शुरु भएको २ दिने अभिमुखिकरणमा ५० जना लेखापढी कानुन ब्यबसायीहरुको सहभागिता छ । 
अभिमुखिकरणमा उच्च अदालत तुलसीपुरका उपन्यायधिबक्ता बाशुदेव शर्मा,बरिष्ठ अधिबक्ता प्रदीपकुमार धिताल,अधिबक्ताहरु शालिकराम रेग्मी, मोहनप्रसाद धिताल,भागवत रेग्मी,बिजय पौड्ेलले प्रशिक्षण दिनुहुने छ । कार्यक्रममा स्वागत मन्तब्य सहसचिब कालुराम चौधरी र सहजिकरण सचिव बिनोद न्यौपानेले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस