बिद्युतको अनलाईन सेवा प्रति दाङका सेवाग्राहीको चासो बढेन

गत बर्षदेखी नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय दाङमा शुरु गरिएको अनलाइन सेवा प्रभावकारी हुन सकेको छैन । गत बर्षको जेठ महिना देखी तुलसीपुर र घोराही विद्युत प्राधिकरण केन्द्रमा महशुल तिर्न अनलाईन सेवा शुरु गरिएका हुन । तर अनलाईन सेवा भने प्रभावकारी हुन सकेको छैन । घर र अफिसमा बसि बसि बिद्युतको बिल बुझाउन सकिने गरि सञ्चालनमा ल्याएको अनलाईन सेवा सुरु गरिएको हो । तर सेवाग्राही लामो लाईनमा उभिएर सकसका साथ बिद्युत महसुल बझाउदै आएका छन् । बिद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख दिपकजंग चौधरीका अनुसार महशुल बुझाउने बिधिको बारेमा सेवाग्राहीहरुले चासो नलिनुका कारण अनलाईन सेवा प्रभाबकारी बन्न सकेको होईन । बिल बुझाउन महिला सेवाग्राहीहरु बिल काउण्टरमा लाईनमा बस्ने गरेको चौधरीले जानकारी दिनुभयो ।अनलाईन सेवा सञ्चालन गर्ने बिधिका बारेमा सिक्न नचाहाने र पैसा तिरेको बिल नै खोज्ने भएकाले सेवा प्रभावकारी नभएको प्राधिकरणले जनाएको छ ।कार्यालयमा बिल बुझाउन आएका सेवाग्राहीलाई करिब ३ महिनादेखि ई– सेवाको महत्व र समय बचतको बारेमा जानकारी गराउने गरिएको छ । तर पनि सेवाग्राही बिश्वस्त हुन सकेका छैनन् नेपाल बिद्युत प्राधिरकण शाखाले जनाएको छ ।नेपाल बिद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा करिब ३८ हजार ग्राहक छन । दैनिक २ सय जनाले जतिले अनलाइनवाट महशुल तिर्ने गरेका कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो ।नेपाल बिद्यतु प्राधिकरण घोराही वितरण केन्द्रमा पनि सेवाग्राहीले अनलाईन सेवालाई प्रयोग गर्न रुचि देखाएका छैनन् ।अनलाइन सेवाको महत्वका बारेमा आम सेवाग्राहीलाई सेचताना दिनुपर्ने अबस्था सृजना भएको घोराही केन्द्रका प्रमुख मधुसुदन यादवले बताउनुभयो ।यादवका अनुसार घोराही स्थीत कार्यालयले अनलाईन र टोकन सेवावाट महशुल बुझदै आएको छ । तर नयाँ प्रबिधि प्रति आफूहरुलाई बिश्वास नलाएको सेवाग्राहीले बताएका छन् । अनलाईन सेवाबाट बिल बुझाउन सकिने भन्ने बारेमा सुनेको तर विश्वास लाग्दैन सेवाग्राही (तुलसीपुर ७ की बिमला पौडे्ल) ले भन्नुभयो ।अहिले सम्म अनलाइन सेवावाट महशुल अझैपनि बुझाए की छैन,उहाले भन्नुभयो ।कार्यालयमा गई महुशल बुझाउदाँ विल पाईन्छ र अनलाईनवाट बुझाउँदा पाईदैन सेवाग्राहीका भनाई छ ।त्यो भएर विद्युत कार्यालयमा आएर घन्टौ लाईनमा बसी महशुल तिर्ने गरेको उहाँको भनाई छ । त्यस्तै अर्का सेवाग्राही (तुलसीपुरका ३ का रमेश विश्वकर्मा) ले भने आफुलाई अनलाईन सेवाको बारेमा थाहाँ नपाएको बताउनुभयो ।त्यो भन्दा पनि सर्वसाधारणका सुबिधाका लागि घरघरमा महसुल बुझाउने ब्यबस्था मिलाईदिनुपर्ने उहाको सुझाब छ ।आधुनिकतालाई उपयोग नगर्दा समयको ब्यबस्थापन गर्न समस्या हुने बताउनेहरुको तर्क छ । बिश्वका बिकसीत मुलुकमा प्रबिधिको अधिकतम प्रयोग गरेको पाईन्छ तर नेपालमा अझै पनि यी अनलाइन प्रबिधिको बिश्वसिनीयता प्रति सर्वसाधारणहरुले प्रस्न चिन्ह् खडा गर्ने गरेको  पाईन्छ । त्यसका लागि सचेतनाका कार्यक्रम आबश्यकता रहेको जानकारहरुको भनाई छ ।
 

प्रतिकृया दिनुहोस