तेस्रो ग्लोबल नेपाली चलचित्र अवार्डमा सुगम, मीना र अर्जुन सर्वोत्कृष्ट

तेस्रो ग्लोबल नेपाली चलचित्र अवार्ड २०१८ मा चलचित्र गीततर्फबाट गायक सुमन पोखरेल, गायिका मिना निरौला र संगीतकारमा अर्जुन पोखरेल सर्वोत्कृष्ट बन्न सफल भएका छन् । अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा जनवरी ५ तारिख शनिबार राती सम्पन्न सो अवार्डमा चलचित्र ऐश्वर्यको ‘तिमी रोएको पल’बाट गायक सुगम पोखरेल र संगीतकार अर्जुन पोखरेल सर्वोत्कृष्ट गायक र संगीतकार बन्न सफल भएका हुन् भने चलचित्र शत्रुगतेको रुपै मोहनी बोलको गीतबाट गायिका मिना निरौला सर्वोत्कृष्ट बन्न सफल भएकी हुन् ।

त्यसैगरी सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र भुईमान्छेबाट रमेश बुढाथोकीले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र पञ्चायतबाट निता ढुँगानाले चुमिन् । यस्तै स्टार अफ द इयरको अवार्ड अभिनेता प्रदीप खड्काले हाँसिल गरेका छन् । उनको २०७४ मा प्रेम गीत–२ र लिलीबिली गरी दुबै चलचित्र सफल भएको थियो ।

ग्लोबल नेपाली चलचित्र अवार्ड र नेपाल चलचित्र सोसाइटीले सँयुक्त रुपमा आयोजना गरेको सो समारोहमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड २०७४ को ब्यबसायिक चलचित्र छक्का पञ्जा–२ ले पाएको छ । यही चलचित्रकी निर्देशक दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड सो समारोहमा हाँसिल गरिन् । यस्तै सह अभिनेताको अवार्ड पनि चलचित्र छक्का पञ्पजा–२ बाटै जितु नेपालले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड पनि छक्का पञ्जा २ बाटै केदार घिमिरे (माग्ने बुढा)ले जिते । सर्वोत्कृष्ट छायाँकारको अवार्ड पनि चलचित्र छक्का पञ्जा–२ बाटै पुरुषोत्तम प्रधानले हाँसिल गरेका छन् ।

कलाकार एवम् प्राविधिक बीच विभिन्न १२ विधामा ग्लोबल नेपाली चलचित्र अवार्ड प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड चलचित्र कृबाट रुपा रानाले जितिन् ।

तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड सम्पन्न भएपछि सामूहिक तस्विर खिचाउँदै विजेता तथा आयोजक समूह

हेल्पिङ ह्यन्ड्स एण्ड हेल्थ एजुकेसन ष्लत’ िप्रेसिडेन्ट नरायण श्रेस्ट र हलिउडका निर्देशक कलाकार एभ क्रुज प्रमुख आतिथ्यमा सम्पन्न सो अवार्ड समारोहमा यस पटक ३५ औं संस्करणको ‘अभियान श्री अवार्ड’बाट हाँस्य अभिनेता नारायण त्रिपाठी, निर्देशक सूर्य बोहरा, निर्देशक शुरेश दर्पण पोेखरेल र खेलाडी यज्ञलाल श्रेष्ठलाई सम्मानित गरियो । उनीहरुको योगदानको कदरस्वरुप यो अवार्डबाट सम्मानित गरिएको ‘अभियान श्री’का अध्यक्ष कृष्ण मल्लले बताए ।

दिवँगत दुई श्रष्टाको नाममा यही वर्ष स्थापना गरिएको ‘स्वर्गीय श्री गेहेन्द्र धिमाल स्मृति सम्मान– २०१८’ बाट निर्देशक सूर्य बोहरालाई र ‘श्री रामकेशर बोगटी स्मृति सम्मान–२०१८’ बाट अभिनेता बिक्रान्त बस्नेतलाई कार्यक्रममा सम्मनित गरियो ।

यस्तै सोही समारोहमा ग्लोबल नेपाली चलचित्र स्पेशल अवार्डबाट अभिनेत गणेश उप्रेती, चलचित्र निर्देशक शैलेश आचार्य, गायक प्रेमराज महत र चलचित्र वितरक निर्माता मुकुन्द ढुँगानालाई सम्मानित गरियो ।

यस्तै ग्लोबल नेपाली चलचित्र डायस्पोरा अवार्ड चलचित्र निर्देशक तर्फ श्याम भट्टराईलाई, अभिनेता तर्फ शुशिल क्षत्रीलाई र अभिनेत्री तर्फ सारँगा श्रेष्ठलाई, निर्माता तर्फ प्रेम पौडेल र वितरण तर्फ रायन रेजलाई प्रदान गरियो ।

नेपाली चलचित्र क्षेत्रमा योगदान पु¥याउने नेपाली भुटानी कलाकारलाई प्रदान गरिने ग्लोबल नेपाली भुट्निज अवार्डबाट सो कार्यक्रममा केदार उप्रेती र दीपक गजमेरलाई सम्मानित गरियो । यी तिनैजना नेप्जिल भुटनिज कलाकार हुन् ।

विभिन्न सांस्कृतिक कार्यक्रम र नाच गान सहित सम्पन्न सो अवार्ड समारोहमा ग्लोबल नेपाली चलचित्र स्पेसल अवार्ड जसवन्त देब श्रेष्ठ (अमेरिका), इश्वरराज थापा (क्यानडा), बिक्रम जोशी (युके), स्मृति पोखरेल (अष्ट्रेलिया) र सुनिल रावल (नेपाल)लाई प्रदान गरियो ।

ग्लोबल नेपाली चलचित्र अवार्डका तर्फबाट अवार्डका आयोजक नवराज श्रेष्ठ र नेपाली चलचित्र सोसाईटीका तर्फबाट आयोजक अध्यक्ष कृष्ण मल्ल थिए । निर्माता मधुकुमार श्रेष्ठको संयोजनमा सम्पन्न सो अवार्डका सल्लाह्कार अभिनेता शिब श्रेष्ठ हुन् ।

अवार्डका लागि नेपालबाट कृष्ण मल्ल, शर्मिला मल्ल, मधुकुमार श्रेष्ठ, शिब श्रेष्ठ, तिर्थ थापा, नन्दकृष्ण जोशी, निता ढुँगाना, रुपा राना, रमेश बुढाथोकी, दिनेश डिसी, महादेब त्रिपाठीलगायतका सिनेकर्मीहरु अमेरिका पुगेका थिए ।

अमेरिकामा रहेका सबैजसो सिनेकर्मी र विभिन्न पेशामा आवद्ध नेपालीहरुको उपस्थितिमा अवार्ड सम्पन्न भएको आयोजक नवराज श्रेष्ठले बताए । कार्य्रक्रमको सन्चालन निर्देशक सुरेश दर्पण पोखरेल र मिस नेपाल क्यलिफोर्निया अनुशा कार्कीले गरेका थिए ।

साभार:-musickhabar.com

 

प्रतिकृया दिनुहोस