पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदै

२ सय ६७ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भोली पुस २७ गते देशभर बिभिन्न कार्यक्रम गरि मनाउन लागिएको छ ।घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन् । राज्य सन्चालनका क्रममा सुशासनप्रति मननीय दिव्य उपदेश दिने व्यक्तित्व पृथ्वी नारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा मनाउन लागिएको   हो ।
वर्तमान सरकारले दिवसको अवसरमा सार्वजनीक बिदा भने दिएको छैन । २०६३÷०६३ सालको जनआन्दोलनका सफलतापछि सरकारका तर्फबाट एकता दिवस मनाइएको थिएन । तर २०७४ मंसिर १४ गतेको मन्त्रिपरिषद्को वैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । पृथ्वीनारायण शाह राजा भएकै कारण उनको सम्झना गर्नु आवश्यक छैन भन्दै २०६३ को परिवर्तनपछि बिदा दिने चलन हटाइएको थियो ।राष्ट्रिय एकताका धरोहर,दूरदर्शी व्यक्ति पृथ्वी नारायण शाहलाई राजा भन्दा पनि देश निर्माताका रुपमा सम्झने गरिन्छ । विक्रम सम्वत् १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा स साना राज्यलाई जोडेर राज्य विस्तारका क्रममा नेपाल एकीकरण गर्नुभएको थियो । राष्ट्र निर्माता  पृथ्वीनारायाण शाहले नेपाल दुई ढुंगा बीचको तरुल भनेर परराष्ट्रनीति प्रतिको दृष्टिकोण पनि राखेका थिए । यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय प्रजातान्त्र पार्टी प्रजातान्त्रीक,शिब सेना नेपाल लगायत पार्टी संघ संगठनले दाङका बिभिन्न स्थानमा २सय ६७ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने जनाएका छन् ।
 

प्रतिकृया दिनुहोस