महोत्सवलाई लमही नगरपालिकाले रोक

देउखुरीमा शुरु हुन लागेको महोत्सवलाई लमही नगरपालिकाले रोक लगाएको छ । देउखुरी उद्योग बाणिज्य संघले बन क्षेत्रमा सञ्चालन गर्न लागेको  महोत्सवका लागि नगरपालिकाले यसअघि अनुमति दिएको थियो । उद्योग बाणिज्य संघलाई पत्र काटेर यस अघी दिइएको अनुमती अर्को आदेश वा व्यवस्था नभए सम्म हाललाई स्थगन गर्न अनुरोध गरिएको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो ।वन क्षेत्र भित्र महोत्सव सञ्चालन गर्न स्टल निर्माण शुरु भएको समयमा नगरपालिकाले महोत्सव स्थगन गर्न लिखित अनुरोध गरेको हो । वन क्षेत्रमा महोत्सव सञ्चालन गर्न प्रचलित नीति नियमले रोक्ने भन्दै प्रदेश बन मन्त्रालय लगायत अन्य वन, वातावरण तथा जैविक विविधता संरक्षण संग जोडिएका संघ संस्थाले वन क्षेत्र भित्र महोत्सव लगाउन नमिल्ने बताएका छन् । 
 

प्रतिकृया दिनुहोस