भारतीय भूमिको पानि खानु नपर्ने

भारतीय भूमिको पानि खादै आएका कोइलावासका नागरिकले अव नेपाल भित्रकै पानी खान पाउने भएका छन् । बिगत देखि कोइलवासका स्थानिय र नेपाली सुरक्षाकर्मीले भारतीय सिमा सुरक्षा बल एसएसबिको उपलब्ध गराएको पानी खान बाध्य थिए ।गढवा गाउँपालिका वडा नं. ९ कोईलावासमा भूमिगत पानी खानेपानीको लागी वितरण हुने भएको छ । सिमा विकास कार्यक्रमको बजेट मार्फत डिपबोरिङ्ग खनेर पानी निकालिएको हो ।त्यहाका एक सय २० घर परिवारले पानि खान पाउने वडा अध्यक्ष सद्धाम सिद्धिकिले जानकारी दिनुभयो ।
यस अघि डिप बोरिङग खनिएको स्थानबाट पानी ननस्किएपछी अर्काे ठाउँमा खनिएको थियोे ।

प्रतिकृया दिनुहोस