मौसममा सुधार हुने संकेत

दाङ लगायत देशभरको मौसममा आज बुधबारदेखि सुधार आउने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा मौसमविद् सुजन सुवेदीका अनुसार दिउँसा विस्तारै बादल हटेर घाम लाग्ने सम्भावना छ । 
बुधबार राति पश्चिम पहाडी र पुर्वी तराईमा मौसम बद्लीको सम्भावना रहेको उहाँले बताउनुभयो । 
उहाँले भन्नुभयो ‘तर पानी पर्ने सम्भावना भने छैन । यी ठाउँमा पश्चिमी वायुको थोरै प्रभाव अझै रहेकाले बदली हुने सम्भावना रहेको हो ।’
भोली बिहीबार भने देशभरको मौसम सामान्यतया सफा नै हुनेछ । शुक्रबारदेखि केही दिन मौसम बदली हुने सम्भावना रहेको मौसमविद् सुवेदीले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस