पोखरीमा डुबेका युवक बेपत्ता

कृत्रिम जलासयमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–४ मा एक जना युवक बेपत्ता भएका छन् ।
घोराही उपमहानगरपालिका–४ को भकारेमा रहेको कमिरे ड्याममा आइतवार दिउँसो नुहाउने क्रममा घोराही–४ निवासी २३ बर्षीय गोपाल विक बेपत्ता भएको घोराही उपमहानगरपालिका वडा नं.४ का वडा अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिनुभयो ।
सार्की अनुसार करिव दिउँसो दुई बजेतिर पोखरीमा नुहाउने क्रममा बेपत्ता भएका ती युवकको खोजी कार्य भैरहेको छ ।
पोखरी नजिकै मैदानमा फुटवल खेल्ने क्रममा गर्मी भएपछि पोखरीमा नुहाउन पुगेका सुनार पौडी खेल्ने क्रममा पोखरीमा डुवेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । 
केही महिना अघि घोराही उपमहानगरपालिका–१७ मा रहेको कृत्रिम जलासयमा पनि एक युवकको डुवेर मृत्यु भएको थियो ।
 

प्रतिकृया दिनुहोस