कोरोनाका कारण न्यायिक समितिमा समेत मुद्धामा कमि

दंगीशरण गाउपालिकाको न्यायिक समितीमा मुद्धा दर्तामा कमी आएको छ । समितिमा गतबर्षको तुलनामा २५ प्रतिशतले मुद्धा दर्तामा कमी आएको हो । 
दंगीशरण गाउँपालिकाको न्यायीक समितीमा २०७६÷०७७ मा १७ वटा मुद्धा दर्ता भएका छन् । १७ वटा मुद्धामा १४ वटा मुद्धाको मिलापत्र भईसकेको गाउँपालिकाका उपाध्यक्ष एंव न्यायीक समितिका संयोजक पिमा कुमारी खड्काले जानकारी दिनुभयो । 
२०७४÷०७५ देखी २०७६÷०७७ सम्म जम्मा ७८ मुद्धा दर्ता भएकोमा ४४ मुद्धा मिलापत्र भएको, १ वटा मुद्धा निर्णय भएको र ३३ वटा मुद्धाको निवेदन फिर्ता लिइ जिल्ला अदालत पठाईएको न्यायिक समितिको तथ्यांकमा उल्लेख गरिएको छ ।
गत बर्ष २०७५÷०७६ विभीन्न प्रकृतीका मा २४ वटा मुद्धा दर्ता भएकोमा यस बर्ष १७ वटा मुद्धा मात्रै दर्ता भएको न्यायिक समितिले जनाएको छ । 
न्यायीक समतीमा सबैभन्दा धेरै ईज्जत आमाद अनुसार खानलाउन नदिएको सम्बन्धि ५ वटा मुद्धा दर्ता भएका छन्् । त्यसैगरी जग्गा विवादको ३, श्रीमान श्रीमती बिच झगडा ३, गाली गालौज वेईजती ३, जग्गा रोक्का ३ , कुलो विवाद २ लगाएत गरी १४ वटा मुद्धा परेको संयोजक खड्काको भनाई छ । 
आर्थीक बर्ष २०७४÷०७५ मा ३७ मुद्धा दर्ता भएकोमा गत बर्ष २०७५÷०७६ मा  घटेर २४ मा पुगेको थियो । यस बर्ष कोरोना माहामारीका कारण स्थानीय तहमा देखिएका मुद्धा न्यायीक समितीमा दर्ता हुन नआएको संयोजक खड्काले बताउनुभयो । लकडाउनको समयमा घरमै बसेर फोन बाट कतीपय मुद्धाहरु मिलाउने गरियो यसले गर्दा पनि दर्तामा कमी आएको संयोजक खड्काले बताउनुभयो । 
न्यायीक समितीका संयोजक खड्काका अनुशार न्यायीक समितिमा २०७४÷०७५ मा ३७ मुद्धा मध्ये १९ मुद्धा न्यायीक समितीमै मिलापत्र भएको बाकिँ मुद्धा जिल्ला अदालत पठाईको थियो । आर्थीक बर्ष २०७५÷०७६ मा २४ मुद्धा मध्ये ११ मुद्धा मिलापत्र गरिएको थियो भने बाकिँ मुद्धा जिल्ला अदालत पठाईको थियो । यस्तै २०७६÷०७७ मा १७ मुद्धा दर्ता भएकोमा १४ वटा न्यायीक समितीमै मिलापत्र गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस