विद्युत अनियमितता अन्त्यको माग गर्दै जेसीजको ध्यानाकर्षण पत्र


दाङ भाद्र १०। तुलसीपुर क्षेत्रमा भैरहेको विद्युत अनियमितता अन्त्यको माग गर्दै तुलसीपुर नगर जेसीजले नेपाल विद्युत प्राधिकरण तुलसीपुर लाई आज बुधवार एक कार्यक्रमका विच ध्यानाकर्षण पत्र वुझाएको छ ।तुलसिपुर नगर जेसिजले तुलसीपुरमा आयोजना गरेको विद्यतु आपुर्ति अनियमितता सम्बन्धी ध्यानाकर्षण तथा अन्तरक्र्रिया कार्यक्रममा सहभागीले विद्युत अनियमितता अन्त्यको माग गरेका छन ।

साथै उनिहरुले विद्युत अनियमितताका कारण दैनिक काममा असहजता पैदा भएको भन्दै गुनासो गरेका थिए ।
कार्यक्रममा नेपाल विद्युत वितरण केन्द्र तुलसीपुरमा प्रमुख जगन्नाथ लामिछानेले आफु तुलसीपुर सरुवा भएर आएपछि धेरै सुधारका कामहरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो अहिले सिस्टम फेल,क्वालेटी सुधार, बातावरणीय असर लगाएतका कारण गाँउ–गाउँसम्म पुग्ने विद्युतमा समस्या आउँदा विद्युत अनियमितता हुने गरेको बताउनुभयो । जिल्लाको सबै भन्दा ठुलो वितरण केन्द्र तुलसीपुर भएपनि विभिन्न कारणले विद्युत अनियमितता भैरहेको भन्दै उहाले अबको १ महिना भित्र यी सबै समस्याहरु हल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

तुलसीपुर नगर जेसीज का अध्यक्ष मोहन सुनारको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्याव्सन दाङका जिल्ला उपाध्यक्ष विजय जिएम , तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष विरबहादुर रावत विरु, ऐन प्यावसन दाङका अध्यक्ष विमल गौतम, पत्रकार नाराण खड्का, व्यवसायी देविराम कुसारी ,नेपाल भलिवल सघं प्रदेश इञ्चार्ज देवेन्द्र बैरागी,जेसीजका पूर्व अध्यक्ष विमल पौडेल,दिपेश भण्डारी, वर्ष २०२० का उपाध्यक्ष मेघराज पोख्रेल लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण वर्ष २०२० का कार्यकारीणी उपाध्यक्ष एकराज भण्डारी र महासचिव केशवराज केसीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस