अग्नि नियन्त्रण सामाग्री प्रदर्शनी गृहको उद्घाटन

शून्य वन डढेलो महा–अभियान २०७६/०७७ सफल घोषणा एवं अग्नि नियन्त्रण सामाग्री प्रदर्शनीगृहको आज बुधबार डिभिजन वन कार्यालय घोराहीमा शुरु गरिएको छ । अभियानको उद्घाटन प्रदेश नम्वर ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले गर्नुभएको हो ।
बन संरक्षण प्रवर्दन र बिकास, बन डडेलो रोकथाम ,वन तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण र बृहतर बृक्षारोपण लगायत कार्यमा उल्लखनीय कार्य गर्नुपर्नेमा मन्त्री गिरीले जोड दिनुभयो ।
अग्नि नियन्त्रण सामाग्री प्रदर्शनी गृहको निर्माणको नमूना कार्यले अरुलाई समेत प्रेरणा दिने उहाले भनाई राख्नुभयो ।
डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले  झण्डै ४ महिनको लकडाउन लगायत विषम परिस्थितिमा समेत आर्थिक बर्ष २०७६/०७७ मा शून्य वन डढेलो सफल,१ लाख टिमुर रोपण,१६० हेक्टरमा वृक्षारोपण,१०७ हेक्टरको वनको थिनिङ(पत्ल्याउने) कार्यमा १ हजार ५ भन्दा माथि प्रगती गरेको तथ्यांक प्रस्तुत गर्नुभयो ।
सो अवसरमा विभिन्न कर्मचारीलाई कार्यालयले पुरस्कृत समेत गरेको   छ । 
सहायक वन अधिकृत सिद्धान्त वराल र हल्का सवारी चालक खिमबहादुर चौधरीले सर्वाेत्कृष्ट पुरस्कार प्राप्त गर्नुभयो ।
उत्कृष्ट पुरस्कार फरेष्टरद्वय विरजंग वली र तिलक चौधरी,सशस्त्र बन सुरक्षा तर्फ सुवेदार मोतिराम थारु, कम्प्युटर अपरेटर प्रतिभा तिमिल्सेना, बन रक्षकद्वय  विनोद अधिकारी र नवराज अधिकारी र सान्त्वना तर्फ अधिकृत (लेखा) जागेश्वर उप्रेती र मेकानिकल अपरेटर सहायक प्रकाश बहादुर साउद सम्मानित हुनुभएको छ । 
कार्यक्रमको सहजीकरण अधिकृत माधव तिमिल्सेनाले गर्नु भएको थियो ।
 

प्रतिकृया दिनुहोस