जनैपूर्णिमाका दिन क्वाटी खाईन्छ तर किन

हिन्दु धर्मालम्बीहरुकोे बिभिन्न चाडहरु मध्ये एक जनैपुर्णीमा हो । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व यसवर्ष पनि नयाँ जनै फेरेर र रक्षाबन्धन डोरो बाँधेर  मनाइयो ।
जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने गरिन्छ ।
क्वाटी त खाईन्छ तर प्राय मानिसहरु क्वाटीको महत्वबारे जानकार छैनन् ।
माधव अधिकारी तुलसीपुर उप महानगरपालीका वडा नम्बर ०६ बरुवागाँउका हुनुहुन्छ । उहाँ पनि प्रत्येक वर्ष जनै पूर्णीमा दिन क्वाटी खाने गर्नु हुन्छ तर खाने गरेको भए पनि क्वाटीको खास महत्व थाहा नभएको बताउनुहुन्छ ।
शान्तिगर भालानिटीकी कमला राईले यस वर्ष क्वाटी खानु भएन । उहाँले माईती पूर्व हेटौडामा रहदा गत वर्ष भने क्वाटी खानु भएको थियो । जनै पूर्णीमा खाइने गरेकाले रितीका कारणले गर्दा खाइएको हो भन्ने उहाँको बुझाई तर अन्य कुराको लागी क्वाटी किन खाईन्छ भन्ने बारे उहाँ जानकार हुनुहुन्न ।
जनै पूर्णीमा दिन खाने क्वाटी धार्मीक मान्यताका आधारमा हेर्ने हो भने नेपाल कृषि प्र्रदान देश भएकाले गर्दा वार्षयामको समयमा लामो खेतीपाती गर्दा पानीले भिजाएको,घामले खाएको   हुदा बिभिन्न खाले स्वास्थमा समस्या आउने भएका कारण क्वाटी खाएर त्यी त्यस्ता रोग व्यादबाट बच्न भगवान शिवले क्वाटी खाने प्रचलन ल्याएको पुरोहित केशव गौतम बताउनुहुन्छ ।
क्वाटी खादा भिटामिन ई , आईरन,क्यालसियम,फसफोरस  प्राप्त भई स्वाथ्य मा रोग संग लड्न सक्ने क्षमता बढाउन सकिने भएकाले क्वाटी खानु पर्ने तुलसीपुर उपमहानगर जनस्वस्थ प्रर्बदन शाखाका प्रमुख ओम पी न्यौपाने बताउनुहुन्छ । 
यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायाम भर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्र देखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता रहेको छ ।
 

प्रतिकृया दिनुहोस