बारीमा मकै लिन गएका दाजुभाईको करेन्ट लागेर मृत्यु

घोराही उपमहानगरपालिका वडा नम्वर १ हर्नकका एकै घरका दुई जना बालकलाई करेन्ट लागेर ज्यान गएको छ । 
बारीको मकैलाई जंगली जनावरले खाईदिने भएकाले ती जंगली जनावरलाई लक्षित गरि थापेको करेन्टमा आज सोमबार बिहान ६ बजेतिर ३५ बर्षिय दिलबहादुर रावतका छोरा १४ बर्षिय बिरबल राउत र १० बर्षिय तेजबहादुर राउत पर्नुभएको होे । 
उहाहरुको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बारीको हरियो मकै खानका लागि तयार भएकाले जनैपूर्णिमाको दिन भगवानलाई चराएर खाने भनि बारीमा जादा ती दुई बालकलाई करेन्ट लागेको हो । करेन्ट लागेर चित्कार गरेका बिरवल र तेजबहादुरको आवाज सुनेका बुवा दिलबहादुर घटना स्थलपुग्दा उहाँलाई समेत करेन्ट लागेको थियो । करेन्ट लागेर उहाँ गम्भीर घाईते हुनुभएको र उहाँको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता सुमित खड्काले जानकारी दिनुभयो । घटनाक बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस