कोरोना –१९ र बैकल्पिक शिक्षण सिकाई,पहुँच र प्रभाबकारितामा संबाद

बैकल्पिक शिक्षण सिकाई,पहुँच र प्रभाबकारिता बिषयक सम्बाद कार्यक्रम आज मंगलबार दाङमा भएको छ । संबाद समूहको आयोजनामा भएको भर्चुल संबादमा १० वटा स्थानीय तहको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अबस्था भिन्न भएको सहभागिहरुले बताएका थिए । 
क्षेत्र, भूगोल, बिकटता, बिद्युत, सञ्चारमाध्यमको पहुँच,बिपन्नताका कारण बैकल्पीक शिक्षण सिकाई मध्ये कोरोना भाईरसको त्रास र जोखिममा रेडियो, टेलिभिजन, भर्चुल, घुम्ती कक्षा,अबस्थालाई बिश्लेषण गरि सामाजिक दुरी कायम गरि बिद्यालयमा कक्षा सञ्चालनको तयारीका भईरहेको जानकारी गराएका छन् । तर ४  प्रतिसत ईन्टरनेट, ८० प्रतिसत रेडियोमा पहुँच र १६ प्रतिसत अन्य माध्यमको पहँुच भएको दाङमा अबस्था र आबश्यकतालाई मध्यनजर गर्दे प्राथमिकरण गरि कक्षा सञ्चालन गर्नुपर्ने बताएका थिए ।
यो सामान्य अबस्थाको जस्तो होईन, बैकलिपक शिक्षण सिकाई भनेको बिद्यार्थीहरुलाई पढ्ने बानीको निरन्तरताको रुपमा बुझ्नुपर्ने बताएको थियो । 
भर्चेल संबादमा जिल्ला शिक्षा बिकास तथा समन्वय ईका प्रमुख देवमणी चौधरी,राष्ट्रिय परिक्षा वोर्ड दाङका प्रमुख रामलाल खड्का,तुलसीपुर उमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतम,घोराहीका प्रमुख बिनोद गौतम,लमहीका प्रमुख रबिन्द्र क्षेत्री,बबइ गाँउपालिका प्रमख मोहन दाहाल,शान्तिनगर गाँउपालिका प्रमुख घनश्याम वली,दंगीशरण गाँउपालिकाका बिनोद अधिकारी, गढवाका श्याम बहादुर बिक,राजपुरका केशव लम्साल,राप्ती गाँउपालिकाका बिश्वास बिक र बँगलाचुलीका ज्ञानेन्द्र ढकालले बैकल्पीक शिक्षण सिकाईको पहँुच र प्रभाबकारिताका बारेमा जानकारी दिनुभएको थियो ।
त्यस्तै,नेपाल सरकारका पूर्ब शिक्षा सहसचिब बिष्णुकुमार देवकोटा,शिक्षक महासंंंंघका जिल्ला अध्यक्ष अमर खड्का,प्याब्सन दाङका उपाध्यक्ष बिजय जिएम,एन प्याब्सन दाङका अध्यक्ष बिमल गौतम,शिक्षक अभिभाबक संंघका जिल्ला अध्यक्ष रुद्धमणी शर्मा,शिक्षा पत्रकार समूहका संयोजक गोपाल शर्मा भट्टराई,शिक्षीका सरीता देवकोटा,भचर््ल माध्यमबाट कक्षा सञ्चालन गरेका शिक्षक भीमलाल मरासिनी,रेडियोको माध्यमबाट कक्षा सञ्चालन गरिरहेका शिक्षक निर्मल नेपाली,भर्चेल कक्षामा सहभागि बिद्यार्थीका अभिभाबक लमहीका सपना पाण्डे,ज्ञानदिप तुलसीुपुरमा अध्ययनरत अरुण रजौरेले भर्चुल मार्फत गरिएको संबादमा भाग लिनुभएको थियो । 
संबादको सहजिकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेत र धन्यबाद सहजकर्ता सुष्मा गिरीले गर्नुभएको थियो । मुलुकमा भएका बिभिन्न किसीमका द्धन्दको ब्यबस्थापन र  रुपान्तरणमा संबाद गराउदै आएको संबाद समूहले गत चैतबाट शुरु भएको लकडाउनदेखि कोरोना भाईरस संक्रमणबाट बँच्न र बचाँउने उपायको खोजिमा बिभिन्न पक्षसँग सम्बाद गराउदै आएको छ ।

 

प्रतिकृया दिनुहोस