४० प्रतिशत धान रोपाई सम्पन्न

असार १५ गतेलाई राष्ट्रिय धान दिवसको अवसरमा दाङमा पनि धान रोपेर मनाएको छ । तर धान रोपाई भने दाङमा झण्डै ४५ प्रतिशत भईसकेको कृषी ज्ञान केन्द्र दाङले जनाएको   छ ।  
समयमै बर्षात शुरु हुने र कोरोनाका कारण खेती गर्न सक्ने    जनशक्ति स्वदेश फर्कनुका कारणले यो बर्ष झण्डै २ हजार हेक्टरमा धान खेतिमा बृद्धी हुने सक्ने आकल गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिनुभयो । 
बिगतका बर्षहरुमा बाँझो रहेका खेतहरुमा समेत यसपटक रोपाई भएका छन् ।
गतबर्ष ३८ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको थियो । भने करिब ४० हजार हेक्टर सम्ममा धान खेती हुने छ । 
यस बर्ष समय मै मल र पानी पाउँदा छिट्टै रोपाई  गर्न पाएको तुलसीपुर १८ विजौरीका तिलकराम चौधरीले बताउनुभयो । तर खेतिपातिमा ध्यान हुने धान दिवसमा खासै ख्याल नहुने भएकाले असार १५ राष्ट्रिय धान दिवस थाह नपाएको  बताउनुभयो।
रासायनिक मलको अभाव भएको भन्दै धान रोपाईको मचामचमा नपाउदाँ नर बहादुर बस्नेतको दुखि हुनुहुन्छ ।  पैसा हाल्दा पनि पाईदैन् ।  अब राज्य दिने भनिएको कृषि अनुदान सुनेको छु तर हामी सम्म आई नपुग्ने बताउनुभयो ।
तुलसीपुर उमहानरपालिकाले तुलसीपुरका जनतालाई मात्र खाद्यान्न आत्मनिर्भर नबाई यहाँ उत्पादन भएको खाद्यान्नलाई बाहिर जिल्ला निर्यात गर्ने नगरका रुपमा विकास गर्न लागेको मेयर घनश्याम पाण्डेले जानकारी दिनुभभयो । 
त्यस लागी उपमहानगरले किसानहरुलाई विउ उत्पादन र बाली उत्पादनका लागी धान र मकैको विउ अनुदान  दिएको बताउनुभयो । 
कोरोना भाईरस संक्रमणको सर्तकताका कुरा सुनेकी तुलसीपुर दमारगाँउकी किसान केशरी पाण्डेले गत बर्षको जस्दो खुल्ला रुपमा रोपाई नभएको बताउनुभयो ।
उहाँले कोरोनाको कारणले गर्दा सबैको मनमा डर त्रास भएकाले सामाजिक दुरी कायम गर्दै रोप्ने गरेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस