दाङमा ९२ जना कोरोना निको भई फर्किए

दाङमा मंगलबारसम्म ९२ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका ४४ जना उपचारपछि कोरोना मुक्त भएर घर फर्किएका छन् । 
बंगलाचुली गाउँपालिकाका २१,लमही नगरपालिकाका १०, गढवा गाउँपालिकाका ८,तुलसीपुर उपमहानगरपालिकाका ६, राप्ती गाउँपालिकाका २ र बबई गाउँपालिकाका एक गरी ९२ जना उपचारपछि घर फर्किएका छन् ।
हालसम्म तुलसीपुरको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालवाट मात्रै ६९ जना डिस्चार्ज भएर घर गएको अस्पतालका हेल्थ असिस्टेन्ट दोर्ण वलीले जानकारी दिनुभयो । 
जिल्लाका विभिन्न स्थानका आइसोलेसनमा उपचारपछि उनीहरू घर फर्किएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी   दिनुभयो ।
यो अवधिमा डेढ वर्षीया बालिकादेखि ७० वर्षीय नागरिकसमेत कोरोना जितेर घर फर्किएका छन् । 
सोमबार डिस्चार्ज हुनेमध्ये बंगलाचुली गाउँपालिकाका ७० वर्षीय ज्येष्ठ नागरिक समेत थिए । 
वलीले यसअघि जेठ ५ गते घोराही उपमहनगरपालिका वडा १ की डेढ वर्षीया बालिका पनि कोरोना जितेर अभिभावकसँगै घर फर्किएको जानकारी दिनुभयो । 
छिमेकी देश भारतबाट आएका उनका अभिभावकसँगै ती बालिका पनि उपचारपछि निको भएर घर फर्किएको वलीले बताउनुभयो । वलीले जेठ २२ गतेयता १४ दिन आइसोलेनमा बसेका र कुनै लक्षण नदेखिएकालाई समेत जाँच नगरी घर पठाउँदै आएको जानकारी दिनुभयो । दाङका हालसम्म २८५ जनामा संक्रमन फेला परेको छ ।
 

प्रतिकृया दिनुहोस