जेसीजका पूर्ब अध्यक्ष भण्डारीलाई मातृ शोक

तुलसीपुर नगर जेसीजका पूर्ब अध्यक्ष दिपेश भण्डारीलाई मातृ शोक परेको छ । सल्यान त्रिबेण गाँउपालिका वडा नम्वर ७ निवासी ६९ बर्षिया आमा मोहनकुमारी भण्डारीको सोमबार निधन भएको हो ।
लिभरमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि आईतबार कोहल स्थीत शिक्षण अस्पतालमा पु¥याएको थियो । उपचारका क्रममा सोमबार उहाँको निधन भएको छोरा दिपेशले जानकारी दिनुभयो । एक हप्ता अघि  लिभरमा समस्या आएको र उपचार पछि केही सुधार भएकोमा आईतबार पूनः समस्या आएको थियो । उहाको अन्त्यष्टि सल्यानमा गरिने छ । उहाँका श्रीमान,३ छोरा र १ छोरी हुनुहुन्छ ।
यसैबिच,तुलसीपुर नगर जेसीजका पूर्ब अध्यक्ष भण्डारीलाई परेको मातृ शोक प्रति बिभिन्न संघ संस्थाहरुले दुख ब्यक्त गरेका छन् । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेत,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सुरेश श्रेष्ठ,शान्ति समाजका पुर्ब केन्द्रिय सदस्य निर्मल नेपाली,पत्रकार गोपाल शर्मा भट्टराई,रेडक्रसकर्मीद्धय बिश्राम अधिकारी र भिमलाल मरासिनीले शोक बिज्ञप्ती जारि गरि दिवंगत आत्माको चीरशान्तिको कामना गर्नुभएको छ । साथै शोकाकुल परिवारजनप्रति हार्दिक समबेदना प्रकट गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस