इप्रका तुलसीपुरका डिएसपीको सरुवा

तुलसीपुर, १५ जेठ ।  प्रहरी प्रधान कार्यालयले आज इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक ८४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । सरुवा सुचीअनुसार इप्रका तुलसीपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिहरनाथ योगिको प्रहरी प्रधान कार्यालय जगेडा पुल नक्सालमा सरुवा भएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ । योगि तुलसीपुर आएको १० महिना पछि सरुवा भएको हो ।

योगिको ठाउमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट डिएसपी शिव बहादुर सिंह आउने भएका छन् । सिंह अपराध नियन्त्रणम निपुण मानिन्छन् । यसैगरि प्रदेश ५ नं. को प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत डिएसपी नबराज पोखे्रलको  कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्ज मा सरुवा भएको छ । यसैगरि   महानगरीय प्रहरी बृत्त महाराजगन्जमा डीएसपी रोशन खड्काको सरुवा भएको छ । नेपाल प्रहरीका काबिल अधिकृत खड्का साईबर ब्युरोमा कार्यरत थिए । बिहीवारको सरुवामा उपत्यकाका केही बृत्तका साथै केही जिल्ला र ईलाका प्रहरी कार्यालयको नेतृत्व परिवर्तन भएको छ ।
 

प्रतिकृया दिनुहोस