बितेको १८ घण्टा भीत्र एक जना मानिस दाङमा भित्रिएन् : प्रहरी

प्रदेश नम्वर ५ का बिभिन्न ४ जिल्लामा ११ सय ६५ जना मानिस अन्य प्रदेश र स्थानबाट आएका छन् । 
प्रदेश नम्वर ५ प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार मंगलबार अपरान्ह् ४ बजेदेखि बुधबार बिहान १० बजेसम्म दाङमा अन्य प्रदेश वा स्थानबाट एक जना पनि मानिस र कुनै पनि सवारीका साधन प्रबेश नगरेको जनाएको छ । 
नवलपरासी पश्चिम ७ सय ९३ जना मानिस,३ सय १४ गाडी प्रबेश गरेका छन् । 
बर्दियामा २ सय ५ जना र सवारी साधन ६,पाल्पामा १ सय ३७ जना मानिस र २ सय ९५ गाडी,रोल्पामा ३० जना मानिस र १ गाडीले जिल्लामा प्रबेश गरेको प्रदेश ५ का प्रबक्ता एबम बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । 
त्यस्तै प्रदेश नम्वर ५ का बिभिन्न जिल्लाबाट ३ हजार २ सय ७२ जना मानिस र ७ सय ४ वटा गाडी अन्य प्रदेश वा स्थान गएका छन् । प्रदेश प्रहरी प्रबक्ता बैदवारका अनुसार नवलपरासीबाट ८ सय २० जना मानिस र २ सय ४५ गाडी,बर्दियाबाट २ हजार ३ सय २४ मानिस र २ सय ३३ गाडी,पाल्पाबाट १ सय २९ जना र २ सय २६ गाडी, अन्य प्रदेश तथा स्थानमा गएका छन् । लकडाउन उलघंन गर्ने बर्दियाका १ सय ३५ जना र ५ वटा गाडी,गुल्मीमा ७४ मानिस र ३ गाडी र प्युठानमा ३ मानिस र १ गाडीलाई कार्बाही गरेका कारण होल्ड गरिएको प्रदेश नम्वर ५ प्रहरी कार्यालय तुलसीप्ुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस