झण्डै ६९ दिन पछि तुलसीपुरका फेन्सी र अन्य पसल खुल्दै

चैत ११ गतेदेखि लकडाउनका कारण बन्द गरिएका तुलसीपुरका पसलहरु आगामी हप्तादेखि दुई दिन खुल्ने भएका छन् ।
तुलसीपुर उद्योग बाणिज्य संघको बुधबार बसेको बैठकले फेन्सी, कस्मेटिक्स, प्लाष्टिक तथा भाडा पसल, जुत्ता चप्पल पसल तथा कपडा पसल प्रत्येक आगामी आइतवार र विहिवार बिहान ६ बजेदेखि ३ घण्टा खोल्ने निर्णय गरेको हो । 
यसअघि नै बुधबार र शनिबार बिहान हार्डवयरका पसलहरु खोल्ने निर्णय गरिसकेको छ । तर हार्डवेयर पसल नखोलेर गोदामबाट बिक्रि गर्ने ब्यबस्थालाई निरन्तरता दिएको संघका अध्यक्ष बिरबहादुर रावत बिरुले जानकारी दिनुभयो ।
लामो समयसम्मको लकडाउनका कारण अन्य व्यवसायीहरु समेत आर्थिक मारमा परेको व्यापक गुनासो पछि उद्योग वाणिज्यसंघले स्थानिय पालिका, स्थानिय इलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसंगको समेत समन्वयमा अन्य पसलहरु पनि खोल्ने निर्णय गरेको हो । 
लकडाउनलाई पालनागर्दै सामाजिक दुरी कायम राखी तोकिएको दिनमा तोकिएका ब्यबसायहरु आलोपालो खोल्ने निर्णय भएको   हो ।
दाङ उद्योग वाणिज्यसंंघले पनि स्थानिय प्रहरी र जिल्ला प्रशासन कार्यालयसंग दैनिक अत्यावश्यक उपभोग्य बस्तुका पसलहरु वाहेक अन्य ब्यबसायीक पसलहरु खोल्नेबारेमा छलफल भईरहेको अध्यक्ष नारायण भुषालले जानकारी दिनुभयो । स्थानीय प्रशासन र जिल्लाका अन्य बाणिज्य संघहरुसँग परामर्श गरि तोकिएको ब्यबसायी पसल खोल्ने तयारी भईरहेको लमही उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस