दाङमा ४८४० बेडको क्वारेन्टाईन र आईसोलेसन कक्ष १६६ मा २२ जना भर्ना

दाङमा कोरोना भाईरस संक्रमण हुन नदिन पूर्ण सर्तकता अपाईदैछ । माघमा पहिलो पटक एकजनामा मात्र देखिएको कोरोना भाईरस संक्रमण चैतको पहिलो हप्तादेखि त्रासपूर्ण बनेको हो । त्यतिबेलादेखि सर्तकताको खोजी गरिएका थिए । बिद्यालय बन्द गरिएभने चैत ११ गतेदेखि लकडाउन लागु गरिएको थियो । त्यसक्रममा लकडाउनबाट बढी मर्कामा परेका श्रमीक तथा मजदुरहरुलाई राहत संकलन र बितरण गरिएका थिए । किसानका मर्कालाई दृष्टिगत गरि भने पछिल्लो पटक भारतबाट स्वदेश फर्कने नागरिकलाई क्वारेन्टाईनमा ब्यबस्थापन गर्ने र टेष्ट गर्ने कामलाई प्राथमिकतामा राखिएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर टेष्ट केन्द्र बनाएको छ भने बेलझुण्डी स्थीत आयुर्बेद अस्पताललाई कोरोना बिशेष अस्पताल पनि बनाएको छ । शान्तिनगरलेपनि आईसोलेसन कक्ष बनाएको छ । जिल्लामा गरिएको क्वारेन्टाईनको तयारीलाई बिश्लेषणगर्दा दाङमा कोरोना भाईरस संक्रमण हुन नदिन सर्तकतालाई बलियो बनाएको भन्न सकिन्छ । जिल्ला बिपत ब्यबस्थापन समितिका अनुसार सोमबार सम्म ४ हजार ८ सय ४० वटा क्वारेन्टाईन बेड बनाएका छन् । जसमा २ हजार ८ सय १ जनालाई राखिएका छन् । जिल्लामा १ सय ६६ वटा आइसोलेसन कक्ष निर्माण गरिएका छन् । हाल सम्म २२ जना संक्रमितलाई आईसोलेसनमा भर्ना गरिएको छ ।

प्रतिकृया दिनुहोस