राप्ती आँखा अस्पतालको ओपीडी भवन निर्माण शुरु, नगर प्रमुख पाण्डेले गरे अनुगमन

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आइतवार राप्ती आँखा अस्पतालको बहिरङ्ग विभाग, ओपीडी भवनको निर्माण कार्यको अनुगमनका गरेका छन् ।  कोभिड –१९ कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन संगै रोकिएको काम पुनःसुरु भएपछि नगर प्रमुख पाण्डेले निर्माणाधिन भवनको निरीक्षण गरेका हुन् ।  स्थानीय निकायले विकास निर्माण कार्यलाई सामाजिक दुरी कायम गरि सुरु गर्ने निर्णय संगै ओपीडी भवनको काम सुरु भएको हो ।
तुलसीपुर उपमहानगरपालिकाले प्रदेश सरकार अन्तर्गत गौरवको योजनामा राखेर सो ओपीडि भवन निर्माण शुरु भएको हो । हाल सञ्चालन भएको कामलाई अनुगमन गदै भुईतलाको निर्माणको काम र दोस्रो तलाको ढलानको काम अन्तिम चरणमा पुगेकोमा नगर प्रमुख पाण्डेले खुसी व्यक्त गरे ।
ओपीडी भवनका काम अपेक्षाकृत रुपमा गुणस्तरीय देखिएको उनले जानकारी दिए । दोस्रो तलाको काम सञ्चालन गर्दै भईतलाबाट तत्काल सेवा सुचारु गर्दा राम्रो हुने उनले सुझाए । पाण्डेले भवनको बाँकी कामका लागि पनि उपमहानगरपालिकाको तर्फवाट आवश्यक सहयोगका लागि प्रतिवद्धता समेत व्यक्त गरे ।

नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालको गुरुयोजना अन्तरगत ५ हजार ८ सय ९२ ८२ स्क्वायर फिटमा निर्माण सुरु भएको ओपीडी भवनको निर्माणको कामलाई छिटो छरितो रुपले सम्पन्न गर्न आफुहरु लागेको भन्दै संघका सभापति कृष्णकुमार गिरीले ओपीडी भवन निर्माणसंगै आँखा स्वास्थ्य सेवा प्रवाहमा सहज हुने बताए । गिरीले संघद्धारा सञ्चालित अस्पतालहरुको भौतिक तथा अस्पताललाई सुविधा सम्पन्न गराउन विभिन्न निकायहरुसंग सहकार्य गरिरहेको बताए ।  करिव रु ५ करोड २९ लाख स्टिमेटमा निर्माण सुरुभएको ओपीडी भवनमा हालसम्म दुई करोड बढी खर्च भएको छ भने प्रदेश सरकारबाट प्राप्त ५० लाख रकमबाट दोस्रो तलाको ढलान गर्ने काम सुरु भएको छ ।

प्रतिकृया दिनुहोस