प्रदेश ५ मा कोरोनावाट विजयी प्राप्त गर्नेहरुको संख्या वढ्दै, देशभर कोरोना जितेर घर फर्कनेहरुको संख्या ८७ पुग्यो,

कोरोना संक्रमण बढी देखिएको प्रदेश ५ मा निको हुनेको संख्या पनि बढ्दै गएको छ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार २१ जनाले कोरोनो जिते लगत्तै बुटवलको कोरोना विशेष अस्पतालबाट पनि एक साथ १० जना कोरोना निको भएर घर फर्किएका छन् ।  निको भएका उनीहरु सबै कपिलवस्तुका हुन् । भारतबाट लुकिछिपी आएकाहरूमा संक्रमण बढी देखिएको छ । दुई साताअगाडि भर्ना भएका संक्रमितको लगातार दुईवटा रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले जानकारी दिए । उनले भने, ‘बिरामीलाई निको बनाएर पठाउँदा खुशी लागेको छ । सजिलै जित्न सकिन्छ भन्ने सन्देश पनि निको भएर जानेले दिएका छन्, उनीहरू घर गएपछि आइसोलेसन नपाएर क्वारेन्टाइनमा राखिएको संक्रमितलाई राखिन्छ ।

धागो कारखानाको कोरोना अस्पतालमा रूपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए ।  यसअगाडि रूपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेका छन् । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै २७१ छ । जसमध्ये ३२ जना निको भएका छन् भने २ जनाले ज्यान गुमाएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले मानिसहरू अनुसाशनमा बस्न सकेमा कोरोना संक्रमण रोक्न सकिने बताए ।  देशभर कोरोना जितेर घर फर्कनेहरुको संख्या आइतवार सम्म ८७ पुगेको छ । 

प्रतिकृया दिनुहोस