बाँकेका २१ जना कोरोना जितेर घर फर्किए

देशमै कोरोना भाइरस संक्रमण बढिरहेका बेला बाँकेको २१ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई सुक्रवार डिस्चार्ज गरिएको हो । कोरोना भाइरसलाई जितेर घर फर्किन सवै नेपालगन्ज उपमहानगरपालिकाका हुन् । जसमा ७ वर्षिय बालिकादेखि ६० वर्षिय बृद्ध समेत रहेकाछन् ।
देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ निको भएर घर फर्किएको यो पहिलो हो । योसगैं देशमा कोरोना भाइरसलाई जित्नेको संख्या ७० पुगेकोछ ।
खजुरा स्थित क्यान्सर अस्पतालमा उपचाररत बाँके नेपालगन्जका २१ जना कोरोना संक्रमितहरु निको भएपछि एकैपटक डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले बताए । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्शन श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिकाबाट ल्याइएका संक्रमित मध्ये २१ जनालाई डिस्चार्ज गरिएको हो । उनले भने–‘उनीहरुको पछिल्लो रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । आइसोलेसनमा रहेका थप कोरोना संक्रमितहरुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेकोछ ।’
बाँकेमा गत वैशाख १९ गते पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षिय बृद्धमा कोरोना पोजेटिभ पाइएको थियो । यसरी शुक्रबार डिस्चार्ज हुनेमा बाँकेकै पहिलो संक्रमित ६० वर्षिय बृद्धसहित २१ जनाले कोरोनालाई जितेर २० दिनपछि घर फर्किएका हुन् । हालसम्म बाँके जिल्लामा कोरोना भाइरस संक्रमित संख्या १ सय १५ पुगेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सगैं नरैनापुरमा मात्रै ८७ जना कोरोना भाइरस संक्रमित रहेकाछन् । जसमध्ये बाँकेको नरैनापुर गाउँपालिकामा यसअघि २५ वर्षिय युवाको कोरोनाका कारण मृत्यु भएको थियो । यसैगरी शुक्रबार नै सार्वजनिक गरेको तथ्यांकमा बाँकेको राप्ती सोनारी गाउँपालिकाका १ जना कोरोना संक्रमित भेटिएकाछन् । तथ्यांगत हेर्दा बाँकेको ८ पालिका मध्ये खजुरा गाउँपालिकाका एक स्टाफ नर्स सहित २ जना, नेपालगन्जका २५ जना, नरैनापुरमा ८७ जना र राप्ती सोनारी गाउँपालिकामा १ जना कोरोना संक्रमित भेटिएका छन् । 

प्रतिकृया दिनुहोस