समाचार

    दाङमा झण्डै ७० प्रतिसत मतदान

    दाङ,२१ मंसीर
     
    दाङमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्लामा सरदर ७० प्रतिसत मतदान भएको मूख्य निर्वाचन कार्यालय दाङले जनाएको छ ।जिल्लाको अतिविकट कोईलाबास,बबईगाँउ गाँउपालिकाको मलै,गंगटे लगायतका स्थानबाट मतदानको यकिन तथ्याङक आई नसकेकाले करिव ७० प्रतिसत मतदान भएको जनाएको  छ । जिल्लामा ८ वटा मतदान केन्द्रलाई अति संबेदनशील मतदान केन्द्रको सुचीमा राखेको थियो । तर ती स्थानमा पनि शान्ति पूर्ण रुपमा सम्पन्न भएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
    यस्तै जिल्लामा कुल ३ लाख ३८ हजार ९ सय ५३ मतदाता रहेका दाङमा १ लाख ७२ हजार ८ सय ३३ महिला र १ लााख ६६ हजार १ सय १८  पुरुष मतदाताको तथ्याक छ । जिल्लामा १ सय ५१ मतदान स्थल र ३ सय ९४ मतदान केन्द्र तोकिएको मूख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।आज बिहीबार सबै मतपेटिका संकलन गरिने उहाले बताउनुभयो । त्यसपछि मतगणना सुरु गरिने छ । 
    ५ बजेपछि मतदानको समय सकिएको छ । ५ बजेसम्म लाइनमा बसेकाले अबेर सम्म मतदान गरेका थिए । विहान ७ वजेवाट सुरुभएको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको थियो ।स्थानीय निर्वाचनको भन्दा यसपाली ४७ हजार ७ सय ३९ मतदाता बढी थपिएका जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।  मतदानका लागि न्यायपरिषद्का सदस्य पदम बैदीक समेत लाईनमा बस्नुभएको थियो । 
    उहा,अन्य नागरिक झै लाईनमा बसी मतदान गर्नुभएको थियो । तर उहा आएको जानकारी पाएपछि बिशेष ब्यबस्थाका साथ मतदान गर्नुभएको थियो ।निर्वाचनको अनुगमन तथा परिबेक्षण गर्नेको कमि पनि यसपाली कमि थिएन । बिभिन्न शंका र आशंका बाबजुत निर्वाचन शान्तिपूर्ण रुपमा भएको थियो ।निर्वाचनको अनुगमनमा खटिएका खोनेपानि सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख चोकप्रसाद धितालले देउखुरी क्षेत्रमा सरकारी तहबाट अनुगमनमा खटिएको जानकारी दिनुभयो । जिल्लाको बिभिन्न स्थानमा केही ढिला गरि मतदान शुरु भएको थियो । मतदानका क्रममा क्रमगत नमिलेका कारण मतदाताहरु अन्यौलामा परेका थिए । उनीहरुले मतदानका लागि राम्रो ब्यबस्थापन समेत नभएको गुनासो समेत गरेका थिए । तर निर्वाचनमा भने मतदाताहरुको उत्साहजनक सहभागिता थियो । निर्वांचन क्षेत्र नम्बर १  मा ५० मतदान स्थलमा १ सय २९ मतदान केन्द्र तोकिएको छ । जसमा १ लाख ११ हजार ९६ जना मतदाता छन् । निर्वांचन क्षेत्र नम्बर २ मा ४८ मतदान स्थल र १ सय २८ मतदान केन्द्र र १ लाख १८ हजार ९ सय ८७ मतदाता छन् । यसैबिच नेपाली काग्रेसका तर्फबाट दाङका बिभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनीधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले आम मतदाता,निर्वाचनमा खटिएका कर्मचारी र स्थानीय प्रशासनलाई धन्यबाद ज्ञापन गरेका छन् ।निर्वाचनमा उत्साहजनस सहभागिता जनाउने आम मतदाता,निर्वाचनलाई शान्ति पूर्ण रुपमा सम्पन्न गराउन सफल भएका मूख्य निर्वाचन कार्यालय,जिल्ला निर्वाचन कार्यालय,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका सम्पुर्ण निकाय लगायत परिबेक्षक,नागरिक समाज,मानव अअधिकारकर्मी लगायत सबैलाई धन्यबाद ज्ञापन गरेका छन् ।आफ्नो कर्तब्य प्रति निष्ठावान रहि मतदानको समय सम्म खेलेको भूमिका प्रति काग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर १ का सुशीला चौधरी,२ का राजु खनाल,३ का दिपक गिरीले धन्यबाद ज्ञापन गर्नुभएको हो ।यस्तै निर्वाचन क्षेत्र नम्वर १ बाट प्रदीप  थापा र जानकीलाल बस्नेत, निर्वाचन क्षेत्र नम्वर २ का कमल किशोर घिमिरे र भरतबहादुर न्यौपाने,निर्वाचन क्षेत्र नम्वर ३ का डिल्लीबहादुर चौधरी र बुद्धिराम भण्डारी लगायत सम्पूर्ण समानुपातिक उम्मेदवारहरुले बिज्ञप्ती मार्फत धन्यबाद ज्ञापन गर्नुभएको हो ।यसैबिच बाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णबहादुर महारा र प्रदेश सभा सदस्यका उम्मेदवार शंकर पोख्र्ेलले पनि बिज्ञप्ती मार्फत धन्यबाद ज्ञापन गर्नुभएको छ ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal