दाङमा थप एक जनामा कोरोना पुष्टि

दाङमा थप एकजनाको कोरोना संक्रमण भएको भेटिएको छ ।

राप्ती सवास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसिआर परिक्षणमा घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कुइरेपानी क्वारेन्टाइनमा रहेका घोराही उपमहानगरपालिका वडा नं. ३ का ३७ वर्षका एकजना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले जानकारी दिनुभयो ।

उनी जेठ ५ गते भारतबाट आएका थिए । उनीसहित आएका पाँचजनामा एकजनालाई कोरोना पोजेटिभ देखिएको हो । यो सहित दाङमा तीनजनाका कोरोना संक्रमण देखिएको छ भने दुईजना जिल्ला बाहिर रहेको दाङका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस