कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको निधन , प्रदेश ५ मा मृतकको संख्या पुग्यो - २

कोरोना भाइरसको संक्रमण पुष्टि भएका गुल्मीका शिक्षकको मृत्यु भएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा संक्रमण पुष्टि भएका उनको आज विहान मृत्यु भएको प्रदेश ५ का स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल श्रेष्ठले जानकारी दिए । जेठ १ गते क्रिमसन अस्पतालमा उपचाररत उनमा उच्च ज्वरो नियन्त्रणमा नआएपछि अस्पतालले स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा पठाएको थियो। परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको थियो । 

त्यसयता उनलाई भेन्टिलेटर सपोर्टमा आइसीयुमा उपचार भइरहेको थियो । कोरोना संक्रमणका कारण पहिलो मृत्यु २९ वर्षीय महिलाको भएको हो। सिन्धुपाल्चोककी सुत्केरी महिलाको धुलिखेल अस्पतालमा निधन भएको हो। उनको मृत्युपछिमात्रै कोरोना भएको पुष्टि भएको थियो। दोस्रो मृत्यु हुने व्यक्ति बाँकेका युवक हुन्। क्वारेन्टाइनमा रहेका उनको पनि मृत्युपछिमात्रै कोरोना भाइरस पुष्टि भएको थियो। मुम्बईबाट नेपाल आइपुगेको पाँचौ दिन उनको मृत्यु भएको थियो।

 

 

प्रतिकृया दिनुहोस