समाचार

    मंसीर २१ गतेको निर्वाचनको सुरक्षार्थ सीमा क्षेत्रमा कडाई

    दाङ,१५ मंसीर
     
    आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै दाङको सीमा ईलाकामा सुरक्षा ब्यबस्था कडा पारिएको छ । सिमा ईलाकाबाट निर्वाचन बिरोधी तत्वहरुको घुसपैठ तथा बिस्फोटकजन्य पदार्थहरुको ओसारपसार नियन्त्रणका लागि भारतिय सशस्त्र सिमा बल एसएसवि र सशस्त्र प्रहरी बल नेपालले सयुक्त रुपमा गस्ती सन्चालन गरि रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कोइलाबासका प्रमुख सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीले जानकारी दिनुभयो । उहाले अहिलेसम्म अप्रिय घटना केही नभएको समेत जानकारी दिनुभयो ।  दाङ्गका सिमा नाकाहरु कोइलाबास, मुसि, खवरि, सिरिया, पटौली, गुरुङ्ग, खाङ्ग्रा लगाएतका नाकाहरुमा सुरक्षा गस्ती तिव्र पारिएको हो । सशस्त्र प्रहरी बल नेपालले २४ सै घन्टा सिमाक्षेत्रमा सुरक्षा गस्ती गरिरहेको र हालसम्म दाङ्गको सिमा क्षेत्रको सुरक्षा अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा कार्यालय दाङ्गका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिलिप कुमार शर्माले बताउनुभयो । दाङ्ग जिल्ला मा करिब ८३ किलोमिटर भारतसङ्गको सिमा ईलाका रहेको छ भने ३१वटा सिमा नाकाहरु रहेका छन ।यसैबिच निर्वाचनलाई शान्तिपूर्ण,बिश्वसनीय र मर्यादीत बनाउन स्थानीय प्रशासनले १ हप्ता अघि देखि मदीरा उत्पादन,बिक्रि बितरण र सेवनमा रोक लगाएको छ ।निर्वाचन सम्पन्न नहुँदा सम्म मदीरा उत्पादन,बिक्रि बितरण तथा सेवनमा रोक लगाईएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गरि मदीरा उत्पादन,बिक्रि बितरण र सेवन गरेमा कारर्बाही गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal