समाचार

    मतदाता शिक्षाका लागि काग्रेस नेता कार्यकर्ता गाँउ टोलमा

    दाङ,१४ मंसीर
     
    नेपाली काग्रेसले बदर मतको संख्या घटाउन कार्यकतालाई घरदैलोमा खटाएको छ । कम भन्दा कम मत बदर गराउन नेपाली काग्रेसले दाङ लगायत देशभर कार्यकतालाई गाँउघर सम्म परिचालन गरेको हो । टोल बस्तीमा पुगि मतदाताहरुलाई भोट हाल्ने तरीकाको बारेमा जानकारी गराउन शूरु गरेको नेपाली काग्रेस क्षेत्र नम्वर ३ दाङका सचिब चुडामणी ढकालले जानकारी दिनुभयो । आम मतदाताहरुलाई मतदाता शिक्षाका लागि दाङको शान्तिनगरमा खटाएको छ,सचिब ढकालले बताउनुभयो । सर्बसाधारण नागरिकहरुलाई भोट हाल्ने तरिका अझै पनि त्यति धेरै छैन,यसबारेमा जानकारी गराउने काम भयो,उहाले भन्नुभयो । आज बिहीबार बागमारेमा ४८ बढी महिला तथा पुरुषलाई मतदाता शिक्षाको जानकारी गराउने काम भयो,सचिब ढकालले बताउनुभयो । भोली शुक्रबार शान्तिनगरमा मतदान गर्ने तरिकाका बारेमा जानकारी गराईने छ,उहाले भन्नुभयो । नेपाली काग्रेस बागमारे सभापति देबराज रिजालको सभापतित्व एबम नेपाली काग्रेस क्षेत्रीय प्रतिनीध तथा शान्ति नगरगाँउपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फर्साराम भण्डारीको प्रमुख आतिथ्यमा भएको एक दिने मतदाता शिक्षा प्रशिक्षणको सहजीकरण क्षेत्रीय चुडामणी ढकालले गर्नुभएको थियो । नेपाली काग्रेसले पार्टी र भातृ संघका केही ब्यक्तिलाई मतदाता शिक्षाका बारमा प्रशिक्षणमा मंसीर ५ गते बुटवल पठाएको थियो । प्रशिक्षणमा सहभागि भई फर्किएपछि गाँउ टोलमा पुगि मतदाता शिक्षा सम्बन्धि प्रशिक्षण काग्रेस सम्बद्ध ब्यक्तिहरुले दिई रहेका छन् ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal