नेपालगञ्ज नाकामा बढ्दो चहलपहल, नेपाल भित्रीने र वाहिरिनेको भिडभाड

सीमामा पुगेका भारतीयहरुलाई बुधवार उनीहरुकै मुलुक भारततर्फ पठाउन सुरु गरिएको छ भने भारतको रुपैडिहामा रहेका नेपालीहरुलाई ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको छ । भारतमा यातायातको साधन रेल सञ्चालनमा आएपछि भारतका विभिन्न ठाउँबाट नेपालीहरु नेपालगन्जको जमुनाह नाकासम्म आइपुगेका हुन् । नाका सम्म आइपुगेका नेपालीलाई नेपाल प्रवेश गर्न दिएर गन्तव्य सम्म पुर्याउने तैयारी गरिएको वाँके प्रशासनले जनाएको छ । यस्तै नेपालका विभिन्न स्थानवाट नेपालगञ्ज नाका सम्म पुगेका भारतीय नागरिकहरुलाई पनि भारततर्फ पठाउने प्रक्रिया शुरु गरिएको छ । 
अहिले सीमामा दुवै देशका सयौं नागरिकहरुको भिडभाड रहेको त्यहाँस्थित पत्रकार प्रियास्मृती ढकालले जनाएका छन् । नेपाली नागरिकहरुलाई नेपाल भित्र्याउने तथा भारतीयलाई पठाउनेवारे केहि दिनयता दुवै देशका शुरक्षा निकायका अधिकारीहरु वीच भएका छलफल पछि यो प्रक्रिया शुरु भएको हो । भारतवाट नेपालीहरु आफ्नो देश भित्रीए संगै उनीहरुलाइृ क्वारेन्टिनमा राख्नुपर्ने तथा कोरोना संक्रमणको जोखिम भने बढेको छ । 

प्रतिकृया दिनुहोस