सडकमै राखिएका उपभोग्य बस्तु किनमेल गर्नेको भिड

तिहारका लागि किनमेल गर्ने उपभोक्ताहरुको भिड बजारमा ब्यापक बढ्ेको छ । सडकमै राखिएका उपभोग्य बस्तु किनमेल गर्दा बजारमा झनै अस्तब्यस्तता देखिएको छ । बजारका मुख्य चोकहरु यतिबेला भरिभराउ देखिन्छन् । तिहारका लागि चाहिने आबश्यक सामान किन्ने उपभोक्ताको संख्या बजारमा बढेको छ । उपभोग्य सामाग्री खरिदका लागि बजार आउनेको संख्या बढ्े सगै बजार अस्तब्यस्त भएको देख्न सकिन्छ । सवारीका सधानमा समेत बृद्धि भएको छ भने दुर्घटनाको  सम्भावना बढेको छ । तर स्थानिय प्रशासनले सडक दुर्घटनाका लागि आंशीक रुपमा सर्तकता अपनाएको छ । पार्किङ ब्यबस्थापन  र सडक फराकिलो नहुदा तुलसीपुर,घोराही लगायतका बजारमा भिड भाड बढि देखिने गरेको छ ।
उद्योगी ब्यबसायीहरुको छाता संगठनहरुले अबैद्य रुपमा भित्रिएका ब्यापारिहरुलाई नियन्त्रण गर्ने बताई रहदा सिमा पारबाट आएका ब्यबसायहरुको संख्या समेत उल्लेख्य बढेको छ । अबैद्य रुपमा ब्यापार गर्न आएका ब्यक्तिलाई कारर्बाही गर्ने चेतावनी भने बाणिज्य संघले दिदै आएका छन् ।

प्रतिकृया दिनुहोस