आयुर्वेदका प्रवर्तक धन्वन्तरीलाई स्मरण गरिदै

आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज सोमबार दाङ लगायत देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ ।हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धनवन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख  छ । धनवन्तरी जयन्तीलाई चिकित्सकले शुभ संकल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रूपमा लिने गर्दछन् ।विक्रम संवत् १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत रुपमा धनवन्तरी जयन्ती मनाउन थालिएको थियो ।आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ ।मध्यपश्चिम क्षेत्रिय आयुर्बेद चिकित्सालय बिजौरी दाङले आज सोमबार आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती मनाएको छ ।धन्वन्तरी काग तिहारकै दिन मनाइन्छ । यो दिन आरोग्य दिवस पनि परेकाले आयुर्वेद क्षेत्रका सङ्घसंस्था उद्योग पसल लगायतले धन्वन्तरीको पूजा गरी आरोग्य दिवस मनाउने गरेका छन् । 

प्रतिकृया दिनुहोस