बाँकेमा कोभिड-१९ का लागि कमजोर तैयारी, २ स्थान परिवर्तन पछि नदिको तटमा गाडियो यूवाको शव

कोरानो भाइरसवाट मृत्यु भएका बाँकेका २५ बर्षीय युवालाई धार्मिक परम्परा अनुसार आइतवार वेलुका राप्ती नदिको तटमा गाडिएको छ ।  नरैनापुर गाउँपालिका वडा नं ५ का ती युवालाई गाउँमै गाड्ने तयारी गरिएपनि स्थानीयको व्यापक बिरोध पछि मृतकलाई गाउँ भन्दा पर राप्ती नदिको तटमा गाडिएको शुरक्षा स्रोतले जानकारी दिएको छ । मृतक युवा मुस्लिम समुदायको रहेको हुँदा मुस्लिम समुदायको धार्मिक परम्परा अनुसार गाउँकै कब्रिस्तानमा लगेर शव गाड्ने तयारी गरिएकोमा स्थानीयको व्यापक विरोध हुदा शुरक्षाकर्मीलाई वेलुकीपख सम्म शव व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । 
परिवार तथा गाँउलेको तर्फवाट शव गाड्नका लागि दुईजना तथा अन्य शुरक्षाकर्मी र स्थानीय स्वास्थ्यकर्मी सहितको टोलि थियो । शव गाड्न पहिलो र दोस्रो स्थानका लागि  गाउँलेको विरोध थेग्न नसकेपछि गाउँलेलाई छलेर फरकवाटोवाट राप्ती नदि पुर्याइ शव गाडिएको हो । शव गाड्नका लागि परिवारका तर्फवाट उपस्थित व्यक्तिलाई १४ दिन सम्म क्वारेन्टिनमा बसाइने भएको बताइएको छ ।

पूर्व योजना नहुदा शव व्यवस्थापनमा असहजता देखिएको बाँकेस्थित पत्रकार जे पाण्डेले बताए ।  उनले स्थानीय सरकारको काम गर्ने शैलीले बाँकेवासिमा अन्यौल र अस्थिरता सिर्जना गरेको बताए । 'कुनै पूर्व योजनानै नभएको पाइयो, आगामी दिनमा कसरी कोरोना भाइरस विरुद्ध अघि बढ्न सकिन्छ ? ' उनको प्रश्न छ ।  

प्रतिकृया दिनुहोस