कोरोना भाईरसका कारण नरैनापुरका युवकको मृत्यु भएको पुष्टि

बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार नियमीत पत्रकार सम्मेलन मार्फत ती युवाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको जनाएको हो । 
मृत्यु हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले दुई पटक बान्ता गरेका थिए ।
योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु प्रबक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।
यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो ।
आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी वैशाख ३० गते नेपाल आएका थिए । भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन् ।
            
                                    दाङमा कोरोना भाईरस संक्रमणको उच्च सर्तकता 
देशभर कोरोना भाईरस संक्रमण बढदै गएपछि दाङमा उच्च सर्तकता अपनाइएको छ । भारतबाट फर्र्किएकाहरुबाट संक्रमण बढदेै गएकको कोरोना उपचारमा संलग्न स्वास्थ्स्यकर्मीहरुले बताएका छन् ।
पछिल्लो पटक अत्याधिक मात्रमा कोरोना भाईरस संक्रमितको संख्या बढ्ेको छ । अझै जिल्लाका करिब भारतबाट ६ हजार नागरिकहरु भित्रिन सक्ने आंकल गरिएको छ । 
कोरोना बिशेष अस्पताल बेलझुण्डीमा ५ वटा आईसियु र ३ वटा भेन्टीलेटरसहित एक सय बेड तयारी अबस्थामा राखिएको छ । 
अन्य अस्पतालमा ६६ गरी १६६ वटा आईसोलेसन बेड छन् । १० स्थानिय तहमा करिव १८० जना क्वारेन्टाइन छन् भने ३३८ वटा क्वारेन्टाइन बेड रहेका छन् ।
गत माघमा पहिलो पटक नेपालमा पहिलो पटक कोरोना भाईरस संक्रमित भएको पुष्टि भएको झण्डै ३ महिना पछि दाङमा २ जनामा पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भारतबात आएका २ जनाको पीसिआर चेकजाँचमा शुक्रबार पोजेटिभ भएको पुष्टि भएको हो ।
गढवा गाउँपालिकाका निवासी २३ बर्षीय र ३६ बर्षीय युवामा कोरोना पुष्टि प्रतिष्ठान घोराहीकी उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिनुभयो ।
प्रतिष्ठानमा ९१ जनाको स्वाब परिक्षण गर्दा शुक्रवार ८९ जनाको रिर्पोट नेगेटिभ आएको र २ जनामा कोरोनो पोजेटिभ देखिएको हो । 
बिरामीलाई भेट्न काठमाण्डौ पुगेका दाङका अर्का एक जना ३४ बर्षिय युवकको पनि पीसिआर चेकजाँचमा पोजेटिभ भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमान्डौले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ का ३४ बर्षिय युवक सहित दाङमा ३ जना कोरोना संक्रमित पुष्टि भएको छ । उनको काठमाण्डौमा आईसोलेसनमा भर्ना गरि उपचार शुरु भएको छ । 
प्रदेश स्तरीय कोरोना भाईरस अस्पताल बेलझुण्डी दाङमा शुक्रबार पुष्टि भएको दाङका २ जना,बाँकेबाट ल्याएका ८ जना र कपिलबस्तुबाट ल्याएका ६ जनालाई भर्ना गरि उपचार शुरु गरिएको कोरोना बिशेष अस्पतालका प्रमुख डा. सर्बेश शर्माले बताउनुभयो । 
१० जना नर्स ४ जना डाक्टर र १० जना कर्मचारीको टोलि संक्रमितको उपचारमा खटिएको उहाँले बताउनुभयो ।
संक्रमित ब्यक्तिहरुको रोग प्रतिरोधत्मक क्षमता बृद्धि गर्न नियमीत उपचार संगसंगै योग अभ्यास गराउने गरिएको उहाँले बताउनुभयो ।
२ जना संक्रमित भेटिएका गढवा गाँउपालीकाले भारतको सीमावर्ती कृष्णनगरबाट वडाको सिफारीसमा दाङ ल्याएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो । तर उनीहरुलाई दाङ भित्रयाएसँगै सिधै क्वारेन्टाइनमा राखेको हुनाले अरुलाई संक्रमन नभएको दावी अध्यक्ष यादवले गर्नुभयो । गढवामा १० जना राख्न सक्ने क्वारेन्टाइन बनाइएको छ । हाल ७ जनालाई राखिएको अध्यक्ष यादवले बताउनुभयो ।
ती संक्रमित २३ बर्षिय युवाले बैशाख २६ गते कृष्णनगर आएको र बैशाख ३१ गते कृष्ण नगर क्वारेन्टाइनबाट दाङ आएको बताउनुभयो । आफ्नो स्वास्थ्य अबस्था पनि सामान्य रहेको उँहाले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस