कोरोना संक्रमितको सूचना वितरणमा स्वास्थ मन्त्रालयको लापरबाही, संक्रमित व्यक्ति तुलसीपुर ४ मजुवा निवासी रहेको पुष्टि

स्वास्थ मन्त्रालयले कोरोना संक्रमितको सूचना वितरणमा लापरबाही गरेको छ। उपत्यकामा स्वाब संकलन गरिएका नमूनाको विवरण भने स्थायी ठेगानासँग जोडेर दिने गरिएको छ। यसरी सूचना प्रवाह गर्दा स्थानीयमा त्रास र ट्रेसिङमा पनि समस्या देखिएको छ। सुक्रवार वेलुका स्वास्थ्य मन्त्रालयले तुलसीपुर ७ का ३४ वर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि गर्दै विज्ञप्ती जारी गरेपछि संक्रमितवारे खोज पड्ताल शुरु भयो । संक्रमित व्यक्ति काठमाडौ टिचिङ्ग हस्पिटलमा कार्यरत रहेको भन्ने सोहि सूचनालाई आधार मानेर सबैतिर सम्प्रेषण गरेपछि केयौ स्टाटसहरु सामाजिक सञ्जालमा असरल्ल छरिए ।  तुलसीपुर उपमहानगरपालकिाका प्रमूख घनश्याम पाण्डेले समेत यसैका आधारमा सूचना प्रवाह गरे तर पछि टिचिङ्ग ले नै विज्ञप्ती मार्फत आफ्ना कर्मचारीमा कोरोना नभएको पुष्टि गरी विज्ञप्ती जारी गर्दै मन्त्रलायको गलत सूचना प्रति असहमति समेत जनायो ।

उसोत मेयर पाण्डेले समेत मन्त्रालयको लापरवाहिप्रति फेसवुक स्टाटस मार्फतनै सचेत वनाए । अन्ततः बास्तविक संक्रमित तुलसीपुर उपमहानगरपालिका वडा नं। ४ मजुवाका रहेको पुष्टी भएको हो । मजुवाका संक्रमित ती व्यक्ति एक महिना अगाडि शान्तिनगर ५ का बहिनी ज्वाँईको उपचारको लागि काठमाडौंस्थित टिचिङ अस्पताल महाराजगंजमा गएका थिए । बहिनी ज्वाँइमा मृगौला र टाउको सम्वन्धि समस्या रहेको हुँदा उनी बिरामी कुरूवाको रूपमा त्यहाँ गएका थिए । अस्पतालले शनिवार शान्तिनगरका उनीहरुकै ठेगाना लेखेर पठाएपछि खोजी गर्दै जाँदा बास्तविक संक्रमित फेला परेका हुन । उनलाई अस्पतालवाटै संक्रमण फैलिएको आशंका गरिएको छ । उनका बहिनी ज्वाँईको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमित वइक्ति आजै काठमाडौंस्थित शुक्रराज ट्रमा सेन्टर टेकुको आइसुलेसनमा गइसकेको जनाइएको छ ।

उता  शनिवार बिहान पनि स्वास्थ्य मन्त्रालयले थप ९ जनामा संक्रमण देखिएको सूचना निकाल्यो। जसमा सर्लाहीमा घर भएकी १८ वर्षीय महिलाको समेत नाम रहेको छ। स्वास्थ्य मन्त्रालयले महिलाको स्थायी ठेगाना उल्लेख गरेर सूचना जारी गरे पनि ती महिला काठामाडौंमा नै रहेको खुलेको छ। प्रदेश २ को सामाजिक विकास मन्त्रालयद्वारा गरिने नियमित पत्रकार सम्मेलनमा ती महिला सर्लाहीको भए तापनि हाल काठमाडौंमा बसिरहेको बताइएको हो। उनको स्वाब परीक्षण पनि काठमाडौँमा नै गरिएको हो । 

केही दिनअघि शिक्षण अस्पतालमा उपचाररत कपिलवस्तुकी बालिकामा पनि काठमाडौंमा नै स्वाब संकलन गरिएको थियो। उनमा कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्य मन्त्रालयले संक्रमित भएको स्थान नभइ स्थायी ठेगानाबाट सूचना सम्प्रेषण गर्न भ्रम फैलिरहेको जनगुनासो बढ्दै गएको छ। मन्त्रालयको यसप्रकारको त्रुटिले भ्रम सिर्जना गर्ने भएकाले यस्ता त्रुटि तत्काल सच्याउन जरुरी रहेको तुलसीपुर उपमहानगर पालिकाका मेयर घनश्याम पाण्डे वताउछन् । 

प्रतिकृया दिनुहोस