हरेक पालिकाले दाङमा २ सय बेडको क्वारेन्टाईने बनाउनुपर्ने

दाङका हेरक पालिकाले न्यूनतम २ सय वेडको क्वारेन्टाईन बनाउने भएका छन् । दाङका १० वटै पालिकाका प्रमुखहरुसंग शनिबार कोरोना संकट ब्यबस्थान केन्द्र (सिसिमसी)को बैठकले भारतबाट घर फर्किने नेपालीहरुको संख्या बढ्ने थालेपछि क्वारेन्टाईनको बेड संख्या बढाउने निर्णय गरेको हो ।
सीमापारबाट आउने सबैलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने र सबैको पिसिआर परिक्षण पछि मात्र घर पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
द्याङमा हाल  १७ ठाँउमा २ सय ८८ वेडको क्वारेन्टचाईन सञ्चालनमा छन् । तुलसीपुरमा ५ स्थानमा,घोराहीमा १ स्थानमा,लमहीमा १,गढवामा २,राप्ती गाँउापकिलामा २,राजपुरमा १,बंगलाचुलीमा २,दंगीशरणमा १,शान्तिगरमा १ र बबईमा १ गरि १७ स्थनमा क्वारेन्टाईन स्थानमा गरिएको छ ।
                         १३ जनालाई कोरोन बिशेष अस्पतालमा उपचार शुरु 

कोरोना बिशेष अस्पताल बेलझुण्डी दाङमा १३ लाई भर्ना गरि उपचार शुरु गरिएको छ । उनीहरुको अबस्था भने सामान्य रहेको छ ।
दाङको गढवाका २, बाँकेबाट ८ जना र कपिलबस्तुका ३ जना र राप्ती स्वास्थ्य बिज्ञा प्रतिष्ठानमा १ जना संक्रमितलाई शुक्रबार बेलुकी भर्ना गरिएको हो । 
कोरोना संकट ब्यबस्थान केन्द्र (सिसिमसी)का फोकल पर्सन कमल चन्दका अनुसार दाङमा सरकारी तथा नीजि अस्पतालमा १ सय ६६ वटा आईसोलेसन बेडको सूचीकृत छन् । 
कोरोना बिशेष अस्पताल बेलझुण्डी अस्पतालमा ६ वटा आईसियु र ३ वटा भेन्टीलेटर सहित १ सय बेड छ ।  
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगायत जिल्लाका अन्य नीजि तथा सरकारी अस्पतालमा पनि आईसोलेसन कक्ष बनाएको छ ।
प्रतिष्ठानमा स्वाव परिक्षणका लागि आईसुलेसनमा १ जनालाई भर्ना गरिएको हो । भर्ना भएका ती ब्यक्तिको परिक्षण नतिजा आउन बाँकी नै छ ।
त्यस्तै,आडीटि प्रबिधिबाट २ सय २० जनाको कोरोना भाईरस संक्रमणको जाँच गरिएको छ । भने पीसिआर प्रबिधिबाट ५ सय २३ जनाको स्वाव संकलन गरिएको छ । ती मध्ये ४५१को परिक्षण गरिएको छ । प्रदेश ५ मा १ सय ९ जना संक्रमित पुष्टि भएको छ ।
यसैबिच,कोरोना संक्रमितको संख्या बढ्ने संम्भाबना बढेदै गएको अबस्थामा दाङमा कस्तो तयारी गरिएको छ भनि फोकल पर्सन कमल चन्दलाई हाम्रा सम्पादक सुशील बस्नेतले सोध्नुभएको छ ।
                                  काठमाण्डौमा कोरोना संक्रमित दाङमा पहिचान 

काठमाण्डौमा संक्रमित पुष्टि भएका ब्यक्ति तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ का खुल्न आएको छ ।
गत फागुणमा भारतबाट आएका उनी शान्तिनगर गाँउपालिका वडा नम्वर ५का बहिनी ज्वाईको उपचारका लागि  त्रिवि शिक्षण अस्पताल (टिचिङ) लिएर गएका थिए । चैत २५ गते उपचारका लागि कोहलपुर लिएर गएका उनी अस्पतालले थप उपचारका लागि काठमाण्डौ रिफर गरेको थियो ।  बिरामी भेट्न दाङबाट काठमाण्डौ पुगेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । उसले तुलसीपर ७ का एक जनमा पोजेटिभ बिज्ञप्ती मार्फत जानकारी गराएपछि पहिचनको लागि दाङमा प्रयास भएको थियो । त्यस क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दाङ घर भएका तर उनी काठमाण्डौ बस्ने र काठमाण्डौको एक अस्पतालमा कार्यरत भनि सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो ।
तर शनिबार टिचिङ अस्पतालले ध्यानाकर्षण भएको भन्दै कुनैपनि चिकित्सक र कर्मचारीमा कोरोना भाईरस नभएको पुष्टि गरेको छ । 
 

प्रतिकृया दिनुहोस